ब्रा लगाउँदा हुन सक्छ पाचन सम्बन्धी समस्या

धेरै मानिसहरु पाचन प्रणालीमा हुने समस्याका कारण ग्रसित छन् । खानपानमा ध्यान नपुर्याउँदा विभिन्न समस्याहरु देखिन्छन् । यो बाहेक महिलाले शरिरमा लगाउने भित्री वस्त्रका कारण पनि फुड एलर्जी, एसिडिटी, बोवेल सिंड्रोम जस्ता समस्याहरु देखा पर्छन् ।
हामीले लगाउने भित्री वस्त्रका कारण हाम्रो शरिरको पाचन प्रणालीमा समेत असर पुग्छ । यि दुई कारणले ब्राले महिलाको शरिरमा असर पु¥याउन सक्छ ।

१) ब्राको ब्यान्ड 
ब्रा लगाउँदा ब्राको ब्यान्ड पेट र पेटको माथिल्लो भागमा रहन्छ । ड्युडेनमले मानिसको शरिरमा खाना पचाउने काम गर्छ । ब्राको ब्यान्डले यस स्थानमा प्रेसर दिँदा पाचन प्रणालीमा समस्या आउँछ । जसबाट बच्नका लागि ब्यान्डलेस ब्रा प्रयोग गर्न सकिन्छ । ब्यान्डमा हुने फ्रेबिकको मात्रा कम हुँदा पाचन प्रणालीमा समस्या आउन कम हुन्छ ।

२) भोजन नलिमा दबाव 

ब्राले महिलाको ब्रेस्ट बोनमा समेत दबाव पर्छ । ब्रेस्ट बोनमा दबाव भएपछि भोजन नलिले स्वतन्त्र भएर काम गर्न सक्दैन । जसले गर्दा पाचन प्रणालीमा समस्या आउँछ । त्यसकारण खुल्ला ब्यान्ड भएका ब्राहरुको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस