विमलाभित्र उत्तरकुमार देख्छौं : मतदाता

अबिसेक डाँगी/दाङ :- दाङ ३ख को प्रदेशसभा उपनिर्वाचनमा विमला वलीको उम्मेदवारीले पुरै दाङ वासी खुशी भएका छन् ।

आफ्नो माटोमा जन्मे–हुर्केर राजनीतिक उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विमलाको उम्मेदवारीले केही खुशी ल्याएको छ’– स्थानीयवासी ७० वर्षीया माया केसीले भनिन् । ‘मैले जीतको शुभकामना दिएँ, विमला हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्न चाहन्छौं’ उनले भनिन् ।

अर्का स्थानीयवासी ४५ वर्षीया ईन्द्र मनी बस्नेतले पनि वलीको उम्मेदवारीले आफूहरु खुशी भएको बताए । ‘हामीले गुमाएको त पाउन सक्दैनौं, अब विमलाले नै हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन्; विमलाभित्र उत्तरकुमार देखिरहेका छौं’– उनले भने ।

वलीको निधनपछि निराश स्थानीय वासिन्दा विमला वलीको उम्मेदवारीसँगै उत्साहित भएका छन् । आफ्नो चुनावी अभियान सुरू गर्न दङ्गिशरण पुगेकी वलीलाई स्वागत गर्दै उक्त ठाउँका वासिन्दाले उत्तरकुमार वलीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका छन् ।आफूले पर्दा पछाडि बसेर उत्तरलाई राजनीतिक उचाइमा पुर्‍याउन राजनीतिक योगदान गरिरहेको वलीले बताइन् । ‘आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनोस्’– उनले भनिन् । दाङ ३ख का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन उनले जनसमुदायमा आग्रह गरिन् ।उत्तरकुमार वलीको सपना र विश्वास अगाडि बढाउन विमला वलीको महत्त्वपूर्ण भूमिका हुने उम्मेदवार व्यवस्थापन समितिले जानकारी दियो । नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक वली गुमाए पनि उनको राजीतिक र नेतृत्वदायी गुण अब विमलामा भेटिने नेकपाका नेता एमएन शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस