सीमा विवाद कुटनीतिक ढंगबाट सुल्झाउन खनालको जोड

काठमाडौं :-  नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेपाल भारत सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउनुपर्ने बताएका छन् ।

सोमबार नेकपाको नीति तथा अध्ययन प्रतिष्ठानले ललितपुरमा गरेको नेपालको पश्चिमोत्तर सिमा र भारतले प्रकाशित गरेको नक्सा विषयक बहसमा नेता खनालले
भारतसंगको सिमाना विवाद आपसी छलफल र कुटनीतिक ढंगले समाधान गर्नुपर्ने बताएका हुन् ।

नेता खनालले देशको सिमाना रक्षा गर्ने संयन्त्र अप्रयाप्त रहेको भन्दै तत्काल मजबुद संयन्त्र बनाउन सरकारसंग आग्रह गरे ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि भारतसंगको सिमा विवाद कर्मचारी तहबाट समाधान हुननसक्ने भन्दै उच्चस्तरिय सरकारी तहमा वार्ता गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस