दाङको तुलसीपुरमा लुटेराहरुलाइ नियन्त्रणमा लिन गोलि प्रहार

दाङ :-  प्रहरीले गोली प्रहार गरेर तुलसीपुरमा लुटेराको समूहलाई पक्राउ गरेको छ । बल्याकमेलीङ गरेरका लुटेराको समूहलाई पाँच लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर –३ खमारीको जंगलमा प्रहरीले गोली प्रहार गरेर ३ जनालाई नियन्त्रणमा लिएको हो । घटनमा संलग्न अन्य फरार भएको स्थानीयले जानकारी दिएका छन् । घटना आज बिहानको हो । स्थानीयका अनुसार दुधबहादुर भणडारी, नविन नेपाली र नाम नखुलेका अर्का एकव्यक्ति छन । त्यसैगरी अर्जुन पुन, इश्वरी पुन फरार रहेका छन्र । साे समूहले त्यस क्षेत्रमा विगत लामाे समय देखि अातंकित पार्दै अाएकाे स्थानीयले बताएका छन ।

गत शनिबार केटीसंगै रहेका ती नाम नखुलेका व्यक्तिलाई कसटपिट पछि नाङ्गैर गराएर भिडियो बनाएर सो समूहले पैसा नदिए सार्वजनिक गरिदिने बताए पछि ती व्यक्ति आज बिहान पाँच लाख रुपैयाँ लगेर बुझाउन गएका थिए । सो ही कक्रममा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । ती व्यक्ति पाँच लाख रुपैयाँ दिने सर्तमा लुटेराको समूहबाट छुटेका थिए । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको पूर्ण बिबरण केहि छिनमा दिने बताएको छ । ‘ घटना भएकै हो तर आधा घन्टापछि सबै जानकारी तपाईहरुलाई दिन्छौ तयारी हुदै छ ’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहर नाथ योगीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस