याैन सम्पर्कका कारण संक्रमण हुनसक्ने यी नयाँ राेगहरु

 

एजेन्सी–

पछिल्ला वर्षहरुमा विश्वभर नयाँ नयाँ राेगहरु पत्ता लागिरहेका छन् । तीनमा याैन संक्रमणका कारण हुने राेगहरु (एसटिआइ) पनि अपवाद हाेइनन् ।

पछिल्लाे समय पत्ता लागेका चार राेग जुन याैन सम्पर्कबाट संक्रमण भइरहेका छन् :

नाइसेरिया मेनिन्जाइटिस

याे ब्याक्टेरियाले मस्तिष्कलाई कमजाेर बनाउने मात्र हाेइन, टाउकाेकाे हड्डीहरुलाई पनि कमजाेर बनाउँछ। अझ यसलाई पिसाब नलीमा यसले गर्ने हानीका कारण चिन्ताजनक रुपमा लिइएकाे छ ।

५ देखि १० प्रतिशत मानिसमा याे ब्याक्टेरिया नाकबाट संक्रमण भएर पिसाब नलीमा पुग्ने अनुमान छ ।

माइकोप्लाजमा जेनिटेलियम

माइकोप्लाज़मा जेनिटेलियम अत्यन्त साना ब्याक्टेरिया मध्ये एक हाे । तर यसका कारण अहिले विश्वमा चिन्ताजनक अवस्था निम्तिएकाे छ ।

याे सबैभन्दा पहिले सन् १९८० मा पहिचान गरिएकाे थियाे । त्यतिबेला याे ब्याक्टेरिया अत्यन्त कम मान्छेमा थियाे । अहिले याे निकै रफ्तारमा अगाडि बढिरहेकाे छ ।

कन्डमकाे प्रयाेगले याे ब्याक्टेरियाकाे संक्रमण राेक्न सकिन्छ । यसले महिलामा बाँझाेपना ल्याउनसमेत सक्छ ।

यसलाई राेक्न एजिथ्राेमाइसिन नामकाे ओैषधि प्रयाेग गर्न नहुने शाेधकर्ताले जनाएका छन् ।

शिगेला फ्लेक्जेनरी

यसलाई शिग्लोसिस नामबाट पनि चिनिन्छ ।  यसकाे संक्रमणपछि  पेट दुख्न थाल्ने, डायरिया हुनेसम्म हुनसक्छ । याे खासमा मुखमैथुनका कारण संक्रमण हुने वैज्ञानिकहरुले जनाएका छन् ।

लिंफोंग्रानुलोमा वेनेरेउम (एलजीवी)

क्लैमाइडिया ट्रेकोमैटिसकाे  असामान्य तनावका कारण हुने याे एसटिआई ‘भयानक संक्रमण’ काे कारण बन्न सक्छ ।

एलजीवीकाे संक्रमणका कारण अस्थायी  डण्डीफाेर, अल्सरजस्ता समस्या देखिन सक्छन् ।

पछिल्लाे एक दशक दशक एलजीवी यूरोप तथा उत्तरी अमेरिका में अत्यन्त धेरै बढिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस