तुल्सिपुर उप महानगरपालीका वार्ड न १३ को कार्यालयमा तालाबन्दी

दाङ :- तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ रनियापुरस्थित वडा कार्यालयमा सत्तासिन दल नेकपाका नेता कार्यकर्ताले तालावन्दी गरिदिएका छन् ।
आइतवार मध्यान्ह १२ बजेतिर दलबल सहित पुगेका नेकपाका नेताहरुले सडक निर्माण उपभोक्ता समितिमा आफुहरुको समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै वडा कार्यालयमा तालावन्दी गरेको वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले जानकारी दिए ।
वडा अध्यक्ष न्यौंपानेले मोहन पौडेलको नेतृत्वमा आएको टोलीले वडा कार्यालयका ३ वटै कोठामा तालावन्दी गरेको बताए । ‘हामीलाई कोठा भित्रै थुन्लान झैं गरेका थिए,’ वडा अध्यक्ष न्यौंपानेले भने ‘ वडाका तीन वटै कोठामा ताला लगाइदिए पछि सचिव लगाएका सबै कर्मचारी दिनभर बाहिरै बसेर फर्किनु भयो।’
फूलवारी अन्तरगत राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने २ सय ९० मिटर सडक खण्ड कालोपत्रे गर्न गत आर्थिक वर्ष २०७५÷०७६ मा वडाको ४० लाख बजेट छुट्याइएको थियो ।
त्यो सडक निर्माण गर्न गत असारमा रामबहादुर देवकोटाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । ९ सदस्य उक्त उपभोक्ता समितिको सचिवमा तिर्थराज चौधरी, कोषाध्यक्ष स्यानी चौधरी र अन्य सदस्यहरु छन् । उक्त उपभोक्ता समिति अन्तगरगत अनुगमन समितिको संयोजकमा कालिकाप्रशाद पौडेल छन् । त्यसमा नेकपावाट शान्ता वली र तीर्थराज चौधरी समेत अनुगमन समितिमा छन् ।
राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने सडक निर्माणको लागि यही कात्तिक महिनामा स्टिमेट समेत भइसकेको छ । तर आज आएर नेकपाले सडक निर्माण गर्न गठित उपभोक्ता समितिमा आफ्नोपनि भागवण्डा खोजेपछि समस्या उत्पन्न भएको छ । ताला लगाउन गएका मध्य एक वडा अध्यक्ष पदका प्रत्यासी मोहन पौडेलेपनि गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै त्यसमा नेकपालाई बाईपास गरिएको भन्दै विरोध जनाए ।
त्यस्तै उनले वडा नं. १३ मा ३ वटा मन्दिरहरु रहेको भएपनि ती मन्दिरहरुलाई एक रुपैंयापनि बजेट नदिएर वडा नं. १२ स्थित सितलपुर मन्दिरलाई ३ लाख रुपैंया बजेट दिएको भन्दै विरोध गरे ।
नेकपाका नेता पौडेलले वडा कार्यालयमा ताला लगानु पर्नाको अर्कौ मुख्य कारण संगिता विकको उपचारको लागि वडाले बजेट नछुट्याउनुलाई पनि अथ्र्याए । विक केही समय पहिले घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिना पुग्दा घाइते भई हाल काठमान्डौंमा उपचाररत छिन ।

प्रतिक्रिया दिनुहोस