काठमाडौं :- निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ ।
गत बिहीबार उम्मेद्वारका आकांक्षीहरुले मननोनयन दर्ता गराएका थिए । उम्मेद्वारमाथिको दावी विरोध र उम्मेद्वारी फिर्तालगायतका प्रक्रिया पूरा गरेर आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नं १ को क, दाङ निर्वाचन क्षेत्र नं ३ को ख र बागलुङ क्षेत्र नं २ को ख का लागि उपनिर्वाचन हुन लागेको हो ।
कास्की क्षेत्र नं २ मा तीन जनाको उम्मेद्वारी बदर भएको छ । आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ नाम दोहोरिएकाले उनीहरुको उम्मेद्वारी बदर गरिएको हो ।