नेपालगन्ज :- नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहा सिल गरिएको छ ।
विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले शनिवार फैसला गर्दै अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ ।
राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको हो । यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ । अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन केन्द्र सरकारलाई आदेश समेत दिएको छ ।
सम्भावित सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाका जमुनाहा सिल गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।
भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई कडाई नगरिएपनि नेपालबाट भारत जानेहरुलाई भने पूर्णरुपमा कडाइ गरिएको छ । रोजगारीको शिलशिलामा भारत जान घरबाट हिडेका सुदूर र कर्णाली प्रदेशका सयौं नेपालीहरु नेपालगन्जमा अलपत्र परेका छन् ।