सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्छ : मन्त्री यादव

सप्तरी :-  उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली जग्गा भारतले अतिक्रमण गरेको सन्दर्भमा दुवै देशबीच कुटनीतिक रुपमा हल गर्न पहल हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सप्तरीको राजविराजमा आइतबार संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले कागले कान लग्यो भनेर दौडनु सरह नै अहिले यो विषय रहेको स्पष्ट गरेका छन् ।

नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्नेमा मन्त्री यादवले जोड दिए ।

समस्या के कसरी भएको हो भन्ने विषय यकिन गरेर दुवै देशको सम्वन्ध नविग्रने गरी कुटनीतिक पहल गरेर निकास निकाल्नु नै उचित हुने मन्त्री यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस