१)मनमा सधै यस्तो एउटा चित्र भएपछि।
मन्दिर जानु पर्दैन मन पबित्र भएपछि॥
जोगाइ सधै हिन्दु संस्कार पर्मपरालाई।
बा’आमा नै मेरो भगवान मन भित्र भएपछि॥
२)अरूको रचना चोर्ने कहिल्यै माथी हुदैन।
त्यो मान्छे असल कहिल्यै साथी हुदैन॥
बिस्वास गरे मैले हेर घात गर्यो अस्ले।
मानो हो त्यो हेर कहिल्यै पाथी हुदैन॥
३) छोरा तिमीले आफ्नो देशको बाटो भुल्ने छैनौ।
छोरा तिमीले आफ्नो देशको पाटो भुल्ने छैनौ॥
यस्तै भन्छिन मेरी..आमा सधैभरी मलाई।
छोरा तिमीले आफ्नो देशको माटो भुल्ने छैनौ॥
४)अलि अलि गर्दै माया मारेपछि थाहा भयो।
बोल्ने मान्छे नबोली बसाई सारेपछि थाहा भयो॥
बिस्वासमा नै परे छु उनलाई माया गरे छु।
मलाई भुली अर्कैलाई नै तारेपछि थाहा भयो॥
५)सकेजति मान्छेलाई तिम्ले फूल बनायौ।
भन.. तिमीले कतिलाई रणभुल बनायौ॥
झुटो बोली आफू खुशी हुने यो कस्तो बानी।
गल्त खबर सुनाएर मलाई तिम्ले कुल बनायौ॥
६)खुशी पार्छु भन्थ्यौ रुने बनायौ।
मेरो आँखामा आँसु हुने बनायौ॥
मनभरी पिडा भएर होला मेरो।
आँसुले मुख अब धुने बनायौ॥
७)तिमीले आफ्नो बाटो भुल्ने छैनौ छोरा।
तिमीले आफ्नो पाटो भुल्ने छैनौ छोरा॥
यहि भन्छिन सधै मलाई मेरी आमाले।
तिमीले आफ्नो माटो भुल्ने छैनौ छोरा॥
हिक्मत बुढाथोकी/ प्रेम बुढाथोकी
तुलसीपुर उप महानगर
पालिका-११,उरहरी दाङ