डडेल्धुरामा डा. केसीको समर्थनमा बिशाल र्याली

डडेल्धुरा :-   चिकित्सा क्षेत्रमा आफु संग सरकारले पटक पटक गरेका सम्झौता कार्यान्वयन लगायतका माग राखी १७औँ पटक सत्याग्रह थालेका डा गोबिन्द केसीको समर्थनमा डडेल्धुरामा बिशाल प्रदर्शन गरिएको छ ।

डा.केसीसंग गरेका सम्झौताको कार्यान्वयन,डडेल्धुरा अस्पतालमा दरबन्दी बमोजिमको डाक्टरको व्यवस्था र सुदूरपीश्चमको पहाडी जिल्लाहरुको केन्द्र डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सरकारी निर्णय गराउन दबाब दिने उद्देश्यले नगर परिक्रमा गर्दै समर्थन र्याली गरिएको हो ।

दबाबमूलक र्यालीसँगै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र सम्प्रेषणका लागिज्ञापनपत्र बुझाई किसान नेता सहिद भिमदत्तचोकमा पुगेर कोण सभामा परिणत भई दोश्रो दिनको कार्यक्रम समापन भएको छ ।

नागरिक समाजका बिभिन्न अंगहरु, संघसंस्थाहरु र सर्बसाधारणको उल्लेख्य उपस्थितिमा बुझाईएको ज्ञापनपत्रमा भनिएको छ अनसनरत डा. केसीको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गईरहेकोले सरकारले अबिलम्ब उहाँले उठाएका मागहरु जनपक्षिय भएकाले सम्बोधन गर्नु पर्ने माग पनि राखिएको छ ।

आमरण अनसनमा रहेका डा.केसीको अवस्था पहिलो दिन भन्दा कमजोर बन्दै गईरहेको , रिंगटा लाग्ने , शारिरिक क्षमतामा कमी आएको भन्दै भेटघाटमा जानेसँग पनि नबोल्ने गरेकाले अवस्था गम्भीर बन्दै गईरहेकोरेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन ।

डा.केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागी निर्णय गर, डडेल्धुरा अस्पतालमा दरबन्दि अनुसारका डाक्टरहरुको यथाशिघ्र व्यवस्था गर, डा केसीको जीवन रक्षा गर भन्ने प्लेकार्ड नारा सहितको ¥यालीमा दैनिक समर्थन जुटदै गईरहेको छ ।

साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा.केसीलाई भेटेका छन । शुक्रबार दिउँसो केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता जनाउँदै अनशनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताए ।

केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए । उनले मागहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । ‘मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्कभन्दाब बढी लिइरहेको जिकिर गर्दै बढी लिएको शुल्क फिर्ता गर्न तयार छैनन सरकार हामी फिर्ता गराउँछौँ भन्छ तर गराउन सकिरहेको छैन ।

बडूले दुईतिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हितमा नभएको आरोप लगाउँदै केसीले अघि सारेका ७ बुँदे मागहरु राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

डा. केसीका माग पुरा नभएसम्म डडेल्धुरामा निरन्तर प्रदर्शन गर्नै गरि दैनिक कार्यक्रम तय गरिएका छन भने अनसनरत डा. केसीलाई भेट्ने र समर्थन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस