विद्यार्थीले जलाए भारतको नयाँ नक्सा

काठमाडौं :-  भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै आज पनि विद्यार्थीले विरोध जारी राखेका छन्।

सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्।

उनीहरूले भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि जलाएका छन्। विद्यार्थीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद–मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए।

‘हामीले भारतको नयाँ नक्सा जलाएका छौं। उक्त नक्सा नसच्चिएसम्म हाम्रो संघर्ष जारी रहन्छ,’ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस