नेकपामय बन्यो दाङ (फोटो फिचर)

अबिसेक डाँगी/ दाङ :- प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन दाङमामा नेकपाको पक्षमा व्यापक जनलहर देखिएको थियो। बिहीबार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय सकिदा दाङमा नेकपाको एकतर्फी लहर देखिएको हो ।दाङ ३ (ख) मा उपनिर्वाचनका लागि नेकपाको तर्फबाट विमला वलीले उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता अगाडी वलीको पक्षमा सर्वसाधरणले बाजागाजासहित याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेका थिए । दाङका प्रमुख निर्वाचन अधिकृतले वलीले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।
बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वलीले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।
दाङ क्षेत्र न ३को (ख)वाट प्रदेशसभा सदस्यका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।

मंसिर १४ गते हुने निर्वाचनमा दलहरूले आ-आफ्नो जित सुनिश्चित रहेको दावी सहित चुनावी प्रचारप्रसार थालेका छन्।२०७५ साल माघ १६ गते घोराही लमही सडक खण्डको चिसापानीमा भएको सडक दुर्घटनामा परी गम्भिर घाइते भएर उपचारका क्रममा प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएको थियो।

ओलीको निधनपछि प्रदेश सभा सदस्य पद रिक्त हुन पुगेको हो। साही रिक्त प्रदेश सभा सदस्य पुर्ति गर्न उपचुनाव हुन थालेको छ। (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस