नेवि संघद्वारा भारत र नेपाल सरकार विरुद्ध प्रदर्शन

काठमाडौं । भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको भन्दै काठमाडौंमा दिनहुँ प्रदर्शन भइरहेको छ ।

यसै सिलसिलामा नेपाली कांग्रेस निकटन नेवि संघ काठमाडौं र पशुपति क्याम्पस इकाइको आयोजनामा आज विहान चावहिलमा प्रदर्शन गरेको छ ।

‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको ब्यानरसहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकार विरुद्ध पनि नारा लगाए । ‘नालायक सरकार राजीनामा दे’, ‘विरामी प्रधानमन्त्री राजीनामा दे’, ‘हाम्रो सीमा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस