रामेछापको सदरमुकाम मन्थलीमा भारतविरुद्ध नारा -मोदी तेरो पाराले दुःख पाए साराले

रामेछाप – नेपाल र भारत बीचको नक्सालाई लिएर देशका विभिन्न ठाउँमा नाराबाजीहरु भईरहेका बेला रामेछापमा पनि बिहिबार साँझ भारत विरुद्ध कडा नारा लागेको छ ।भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘गो ब्याक इण्डिया’ लेखिएको ब्यानर सहित ‘मोदी तेरो पाराले दुःख पाए साराले’ भन्ने नारा लागेका हो ।नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मन्थलीको देवकोटा चोकबाट निकालिएको विरोध ¥यालीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि देवकोटाचोकमा बिरोध ¥यालीलाई सम्बोधन गर्दै पुर्व अनेरास्ववियूका केन्द्रीय सदस्य सुन्दर घिमिरेले भारतले नेपाललाई हेपाह प्रबृत्ति देखाएको भन्दै सार्वजनिक भएको नक्सा सुधार गर्न माग गर्नुभयो ।घिमिरेले भारतले नेपालको भू–भागलाई आफ्नो नक्सामा राखेर नेपाली आमाको छातीमा लात हानेको भन्दै नक्सा नसच्चिए भारतले गोरखालीको ताकात देख्ने चेतावनीसमेत दिनुभयो ।विरोध ¥यालीमा पूर्व युवा संघ नेपाल रामेछापका सचिवालय सदस्य तथा युवा नेता सोनु कुमार रोका, पूर्व अनेरास्ववियू रामेछापका सचिवालय सदस्य पुस्कर भट्टराई लगायतको सहभागिता रहेको थियो ।

@.newsofnepal.com

प्रतिक्रिया दिनुहोस