हाम्रो समाजमा आजभोली हामीले दिनहु बलात्कारका घटनाहरु घटिरहेको समाचारहरु सुनिरहेका छौ । नेपाली चेलीहरु बलात्कारको सिकार भैरहेका खबर पनि दिन प्रतिदिन बढिरहेको छ । बलात्कारीहरु ले अनेकौ जल झेल गरेर कयौ चेलीहरुलाई बिचल्ली समेत पारेका छन् ।
बलात्कारी भनेका शिकार खेल्ने शिकारी जस्तै हुन्, जसरी पनि उनिहरु कसरी आफ्नो जाल पार्ने सोचीरहेका हुन्छन् । जसरी शिकारीले निर्ममता पुर्वक मारेर आफ्नो भोजन बनाउछ त्यसै गरी बलात्कारीले पनि कुनै माया ममता बिना क्रुरतापुर्वक कसैको जिन्दगी माथी खेलबाड गरी मजाकको रुपमा लिईदिन्छ त्यस पछि बलात्कार हुन पुग्दछ ।
यी यस्ता घटनाहरु हाम्रो समाजमा घटिरहदाँ आफैले आफ्नो सुरक्षा कसरी गर्ने त्यस तर्फ पनि ध्यान पुर्याउन अति नै आवश्यक छ । दिनँहु यस्ता घटनाहरु घटिरहदा आफुलाई कसरी सुरक्षित राख्ने भन्ने बारे ज्ञान हुनु अति नै आवश्यक छ ।
अनुसन्धान बाट यो प्रमाणित भएको छ कि बलात्कारका घटनाहरु घटिरहदाँ बलात्कारका घटना मध्य ६७ प्रतिशत परिचित बाट नै हुने गरेको पाईएको छ । त्यसैले कहिले पनि चिने जानेकै आधारमा कसैको पनि विश्वास तथा प्रलोभनमा पर्नु हुदैन ।
यहाँ हामीले केही बुदागत रुपमा बलात्कार हुन नदिन अथवा यस घटना हुन नदिन सम्बन्धि केही जानकारी प्रस्तुत गर्दैछौ ः
१.तपाईको कुनै पनि कार्यले बलात्कारलाई प्रोत्साहन नगरोस् ः
आफुले बोलेका शव्दहरुले कस्तो अर्थ लगाउछ अथवा गलत अर्थ लाग्ने खालको शव्दहरु छन् भने त्यस किसिम शव्दहरुको प्रयोग नगर्नुहोस् । आफुले बेलेको शव्दहरुले, शरिरमा लगाइएका लवाइले, आफुले गरेको व्यबहारले कसैलाई बलात्कार गर्न अभिप्रेरित नगरोस् । धेरैको नजर तपाईको लवाईमा हुन्छ त्यसै अंग देखिने वा उत्ताउलो प्रकारको पहिरन नलगाउनुहोस् ।
२.आफ्नो कमजोरी नदेखाउनुहोस् ः
हाम्रो समाजमा महिलालाई कमजोर दृष्टिकोणबाट हेर्ने गरिन्छ । यस किसिमको गलत धारण फैलिएको हुदाँ बलात्कारी मनोबल बढ्न जान्छ र यस किसिमको कार्यमा उत्साहित हुन पुग्दछन् । यस बाट बच्नको लागी महिला कुनै पनि कुराबाट कमजोर छैन र यदि बलात्कार गरेको खण्डमा जे पनि गर्न सछन् भन्ने वातावरणको सिर्जना गराउन सक्नुपर्दछ ।
३ .यो जान्नुहोस अधिकांश बलात्कार चिनेकै बाट हुन्छ ः
चिनेका व्यक्तिले तपाई लाई थाहा नहुने तरिका बाट मौका कुरेर पिछा गरिरहेको हुन्छ। आफन्त होस् या केटा कोहि साथी , आफ्नै अफिसको स्टाफ तपाई लाई गलत नजर हेरेको छ भने उस्को मनोबल बढ्ने काम नगर्नुहोस् । टाढा नै रहनु उत्तम हुन्छ । उनिहरुको मानसिकता बुझ्नुहोस् ।
४.जो सुकै भए पनि हात हालेर चल्न नदिनुस् र आफु पनि नचाहिने कुरा मा ध्यान नदिनुहोस् ः
धेरै जसो व्यक्तिले अनेक बहानामा छुन चाहान्छन् । याद गर्नुहोस् उनिहरु को नजर तपाईको संबेदनशिल अंगमा हुन्छ । यदि तपाई संग कोहि जिस्कीन चल्न, केही समयको लागी घुम्न जानको लागी प्रस्ताव गर्छ भने यि कुरालाई स्वीकार नगर्नुहास् । यदि यस्तो बानी छ भने तपाई पनि शिकार बन्न सक्नुहुनेछ ।
तल केहि बुदा छन् जसले तपाईलाई यात्रा गर्दा या घरमा एक्लै हुदा सम्भावित बलात्कार बाट बचाउन सक्छ ः
– आफन्त अथवा कोही केटा साथी कस्तो छ उस्को कुरा बुझ्नु होस् । सकभर केटा साथी लाई घरमा नबोलाउनुहोस् ।
– कतैको यात्रा तय गर्दैहुनुहुन्छ भने बिश्वासनीय संग मात्र यात्राको तय गर्नुहोस् ।
– घरमा एक्लै हुदाँ , सधै ढोका बन्द गरेर मात्र बस्नुहोस् । तव सम्म ढोका नखोल्नुहोस् । घर अथवा कोठा मा आउने व्यक्ति कत्तिको विवश्वसनीय एकीन नहुदाँ सम्म ।
– केटा मान्छेसँग कहिले जिस्कीएर भेट मा होस् या फोन , म्यासेन्जरमा कहिले अनाआवश्यक कुरा नगर्नुहास् , नजिस्कीनु होस् ।
– मदिरा सेवन गरि अथवा अघि पछि पनि कुनै केटा मान्छेले कोठा या त कतै नयाँ ठाउमा बोलाएको खण्डमा नजानुहोस् ।
– नचिनेको मान्छेसँग सम्बन्ध सजिलै नबढाउनुहोस् ।
– अपरिचित व्यक्ति ले आफ्नो फोन नम्बर , घर ठेगाना सोध खोजी गरेमा सबै साचो जानकारी नदिनुहोस् ।
– कसैले राम्रो काम लगाई दिन्छु भनेर प्रलोभन देखायो भने प्रलोभनमा नपर्नु होस् ।
– आफ्नै स्टाफ होस् या त आफुले काम गर्ने ठाउँको बोस उनिहरु बाट पनि यस्तो घटना घट्न सक्छ त्यसैले उनिहरुको स्वभाव बुझ्नुहोस् । काम भन्दा बहिरको कुरा नगर्नुहोस् । काम बाट समयमै आफ्नो घर फर्किनुहोस् । बेलैमा सचेत रहनुहोस् ।
आफु सुरक्षित रहनु नै सबै भन्दा उत्तम उपाय हो । यो सन्देश सबैलाई सेयर गरेर जानकारी गराइदिनुहोस् ।