दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाईं गम्भिर

दाङ :- दाङमा धारीलो हतियार प्रहार बाट एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा शान्तिनगर गाउँपालिका वडा न. ३ निवासी गणेश चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । उनका अनुसार चन्द घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित ससुराली गएको बेला बुधबार राती ८ः४० बजेतिर आफ्नै सासु मधु कुमारी मल्लले खुकुरी प्रहार गरेकी थिईन् ।

खुकुरी प्रहारबाट गम्भिर घाईते भएका चन्दको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी नेपालगंज रिफर गरिएको छ । खुकुरी प्रहारबाट चन्दको टाउकोमा गम्भिर चोट लागेको छ । चन्द उनकी श्रीमती सरस्वती सँग सासुआमाको घर गएको बेला उनिहरु बिच सामान्य विवाद भयो । विवाद पश्चात उनिहरुले कुटपिट समेत गर्नथाले । त्यसपछी आफ्नो छोरीलाई किन कुटेको भन्दै सासुआमाले ज्वाई गणेश चन्द लाई टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ ।

कुटपिट बाट चन्दकी श्रीमती सरस्वती मल्ल सामान्य घाईते भएकी छिन् उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए । खुकुरी प्रहार गर्ने सासुआमा प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस