क्षितिज खनालको लेखन तथा निर्देशनमा “भाई”

र्याप संगै बिभिन्न सामाजिक कार्यमा रमाउदै आएका दाङ तुलसीपुरका क्षितिज खनालको लेखन तथा निर्देशमा रहेको नयाँ सर्ट मुभि “भाई” लाई युट््युब मार्फत सार्बजनीक गरिएको छ ।
समाजीक बिषयबस्तुमा आधारीत रहेर बनेको उक्त सर्ट मुभिमा दिदी र भाईको मायालाई देखाउन खोजीएको निर्देशक तथा लेखक खनालले बताएका छन् ।

समाजमा देखा परेका विषय बस्तुहरु लाई यसरी सर्ट मुभि मार्फत ल्याउन पाउदा आफू अत्यन्तै खुसि भएको पनि कुराकानीको प्रशंगमा उनले भनेका छन् । आफुलाई यस्तै खालका गित होस् या अन्य बिबिध कार्यहरु सबैमा सामाजिक बिषयबस्तु लाई उठान गरि त्यि समाजमा भएका कुस्कार कुरितीलाई बाहिर ल्याएर समाजमा रहेको अन्धकारको जालोलाई हटाउने प्रयास जारी रहेको समेत उनले बताएका छन् ।

यस सानो पर्दाको चलचित्रलाई निर्माण गर्दा आफु तथा आफ्नो सम्पूर्ण टिमले राम्रो बनाउन कुनै कसुर बाँकी नराखेता पनि काम गर्ने क्रममा कमि कमजोरि भेटिएमा प्रतिक्रिया दिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

दाङकै बिभिन्न रमणीय स्थलहरुमा खिचिएको उक्त सर्ट मुभि , रोयल सेभेन युथ क्लबसङको सहकार्यमा बनेको हो । मनिसा खड्का र सुबोध केसिले यस सर्ट मुभिमा मुख्य पात्रको भुमिका निर्बाह गरेका छन् भने छायांकन र सम्पादनको काम युनिक दिलिपले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस