दोलखा जिल्लाको सदरमुकाम चरिकोट शाखामा राष्ट्रिय वाणिज्य बैंक एटिएम सेवा सुरु

रामेछाप – दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारमा राष्ट्रिय वाणिज्य बैंक चरिकोट शाखाले मंगलबारबाट एटिएम सेवा सुरु गरेको छ । दोलखाकोे सदरमुकाम चरिकोटको सातदोबाटो स्थित बैंक रहेको भवनको भुइतल्लाबाट एटिएम सेवा सुरु गरेको हो ।बंैकले चरिकोटमै एटिएम सेवा सुरु गरे पछि चरिकोट शाखाका १२ हजार ग्राहक र राष्ट्रिय वाणिज्य बंैकका ग्राहकलाई सहज भएको छ । यस अघि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई एटिएम सेवा नहूँदा असहज भएको थियो । ग्राहकको उक्त समस्यालाई ध्यानमा राख्दै बैंकको शाखा कार्यालय चरिकोटले एटिएम सेवा सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चरिकोटका सहायक शाखा प्रबन्धक उपेश बिष्टले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतमा पनि चलाउन सकिने एटिएम कार्ड सुविधा उपलब्ध हुने एटिएमबाट एकपटकमा २० हजार, एकदिनमा ६० हजार रुपैयाँसम्म निकाल्न मिल्नेछ । ग्राहकले नयाँ एटिएम कार्ड लिन दुईसय ५० र हरेक बर्ष नविकरण गर्न एकसय ५० शुल्क तिरे पुग्ने एटिएम सेवाले दोलखाली ग्राहकहरुलाई थप सेवा प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चरिकोटले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो । २०२२ साल माघ १० गते स्थापना भएको बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा पुर्याउँदै आएको छ । बैंकले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस