महिलालाई दुर्व्यवहारबाट बचाउन माेबाइल एप

जापान प्रहरीले महिलामाथि हुने हिंसा तथा दुर्व्यवहारबाट रोक्न स्मार्टफोन ऐप बनाएको छ । जापानमा महिलाहरुले यस एपलाई निकै मन पराएका छन् ।

लामो समयसम्म भीडभाड रेल तथा बसमा हिँड्दा महिलाहरु दुर्व्यवहारको शिकार हुनेगर्छन् । तर उनीहरु केही गर्न सक्दैनन् । यस्तो विपरित परिस्थितिबाट बचाउन टोकियो प्रहरीले एन्टी ग्र्यापिङ ऐप बनाएको छ । जसलाई डिजी प्रहरी एप नाम दिइएको छ ।

यो एपको माध्यमबाट दुर्व्यवहारमा परेका महिलाले प्रहरीको सहयोग लिन सक्छन् । यसले ठूलो आवाजमा ‘स्टप इट’ भन्ने म्यासेज दिन्छ

यो एपको माध्यमबाट दुर्व्यवहारमा परेका महिलाले प्रहरीको सहयोग लिन सक्छन् । यसले ठूलो आवाजमा ‘स्टप इट’ भन्ने म्यासेज दिन्छ र मोबाइलको स्क्रिनमा इमरजेन्सी कन्ट्याक्टको सूचना देखिन्छ । यस सूचनामा ‘यहाँ मोलेस्टर छ, कृपया सहयोग गर्नुहोस्’ भन्ने लेखिएको हुन्छ ।

यस म्यासेजपछि पीडितले आसपास रहेका अन्य मानिससँग सहयोग लिन सक्छन् ।

जापानी महिलाले अहिलेसम्म याे एप २.३७ लाखभन्दा बढी पटक डाउनलोड गरेकाे प्रहरी अधिकारी केइको टाइमाइनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस