रामेछाप – दोलखा कालिन्चोक सामुदायीक एफएम १०६.४ मेगाहर्जको १३ औ वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दोलखाको पहिलो सामुदायीक रेडियो कालिन्चोक सामुदायीक एफएमले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कालिन्चोक साँस्कृतिक साँझको साथमा १३ औँ वार्षिकोत्सव भोली मनाउँदैछ । वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेडियो सञ्चालक समितिका अध्यक्ष दिपक बस्नेतले जानकारी दिनुभयो ।
।
दोलखा र आसपासका जिल्लाकै पहिलो सामुदायीक एफएम कालिन्चोक एफएम कात्तिक २१ गते भोलीबाट १३ औ वर्षमा प्रवेश गर्दैछ । २०६४ साल कात्तिक २१ गते लक्ष्मी पुजाको दिन स्थापना भएको रेडियोले यस वर्ष भ्रमण वर्ष २०२० लाई मुख्य प्राथमीकता दिँदै कालिन्चोक साँस्कृतिक साँझको साथमा वार्षिक उत्सव मनाउने भएको हो ।
प्रत्यक वर्ष विविध कार्यक्रमको साथमा गाउँ गाउँमा वार्षिकोत्सव मनाउदै आएकामा रेडियोले १३ औ वर्षमा प्रवेश गरेको अवसर पारी यस वर्ष साँस्कृतिक साँझको साथमा सदरमुकाम चरिकोटमै कार्यक्रम आयोजना गर्ने भएको छ ।भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दोलखाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्धेश्यका साथ १३ आँै वार्षिकोत्सव केन्द्रित हुने स्टेशन म्यानेजर जीवन लामाले जानकारी दिनुभयो ।
होटल कृति चरिकोटमा भोली बिहिबार अपरान्ह ४ बजेदेखी कार्यक्रम सुरु हुनेछ ।
#विभिन्न व्यक्ति सम्मानित हुँदै
एफएमले प्रत्यक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा विभिन्न व्यक्तिलाई सम्मान गर्दै आइरहेको छ । विगतको वर्षहरुमा जस्तै यस वर्षमा पनि एफएमले रेडियोमा कार्यरत एक जना उत्कृष्ट कर्मचारीलाई प्रदान गर्दै आएको कालिन्चोक स्मार्ट अवार्ड प्रदान, स्रोता सम्मान, वार्षिक ग्राहक सम्मान, कृषक सम्मान गर्ने भएको रेडियो सञ्चालक समितिका अध्यक्ष दिपक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मान तर्फ २ जना श्रोता, २ जना वार्षिक ग्राहक र २ जना कृषकलाई नगद सहित सम्मान पत्रले सम्मान गर्नेछ । रेडियोले प्रत्यक वर्ष उक्त सम्मान गर्दै आएको समितिका अध्यक्ष बस्नेत बताउनुभयो । एफएमको वार्षिक उत्सव कालिन्चोक एफएम स्थापना भएकै दिन कात्तिक २१ गते बिहिबार भोली मनाइने भएकाले इच्छुक सम्पुर्णलाई सहभागी भइदिन कालिञ्चोक एफएमले अनुरोध गरिएको छ ।