कमल पोख्रेल/दाङ:- मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट केशब आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको हो । प्रतिनिधिसभाका लागि कास्की–२, मा खेमराज पौडेललाई उम्मेरवार बनाइएको छ ।
त्यस्तै प्रदेशसभाअन्तर्गत बागलुङ २ ख मा जित शेरचन र भक्तपुर क्षेत्र नम्बर १ को क मा कृष्ण भडेललाई कांग्रेसले उम्मेरवार बनाएको छ ।