एजेन्सी–
शाहिद कपुर छिट्टै नै फिल्म ‘कविर सिंह’ लिएर आउँदै छन् । हालै मुम्बईमा उनको फिल्मको ट्रेलर पनि रिलिज भयो । यस दौरान शाहिद कपुर आफ्नो फिल्मकी अभिनेत्री कियारा आडवाणीसँग थिए । दुवैले आउँदै गरेको फिल्मबारे कुराकानी गरे ।
त्यसै क्रममा पत्रकारले सोधेको एक प्रश्नमा शाहिद निकै रिसाए । एक रिपोर्टरले कियारासँग किसिङ सिनबारे प्रश्न गरे र जसको जवाफ दिन अनकनाइन् ।
त्यसपछि त्यही प्रश्न ती रिपोर्टरले शाहिदलाई सोध्दा शाहिदले भने, ‘भाइ लामो समयसम्म कोही गर्लफ्रेन्ड भएनन् कि क्या हो ? किसिङको अलावा अरू प्रश्न किन सोध्दैनौ, हामीले फिल्ममा एक्टिङ पनि गरेको छौँ ।’
‘कबिर सिंह’ तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो । फिल्म २१ जुनमा रिलिज हुँदै छ ।
एक अन्तर्वातामा शाहिदले फिल्म गर्दा आफूलाई धेरै गाह्रो भएको पनि खुलासा गरेका थिए । उनले आफूलाई दिइएको भूमिका निभाउन गाह्रो भएकाले धेरै सकस भएको बताएका थिए । धूम्रपानजस्तो हानिकारक कुरालाई बढावा दिन मन नहँुदा नहुँदै चुरोट अत्यधिक पिउनु परेको शाहिदले बताए ।
आफुलाई दिइएको रोलको पात्रले धेरै रिसाउनुपर्ने र त्यसका लागि धेरै धूम्रपान गर्नुपरेको उनले बताए । ‘एक समय यस्तो आएको थियो कि म दैनिक २० वटा सिगरेट पिउँथे,’ शाहिदले भने, ‘त्यसपछि मैले घर गएर बच्चाहरूसँग भेट्नुअघि नुहाउनुपर्थ्यो ताकि उनीहरूलाई त्यसको गन्ध थाहा नपाऊन् ।’