जिरीको श्यामामा भालुको आक्रमणबाट एक वृद्ध घाईते

रामेछाप – दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ मा आज बिहान जङ्गली भालुले आक्रमण गर्दा एक वृद्ध घाईते हुनु भएको छ ।वडा नम्बर १ बस्ने ७४ वर्षिया पदम बहादुर खड्का घाइते हुनुभएको हो । बिहान घर नजिकै रहेको बारीमा हलो जुवा लिन जाने क्रममा उहाँलाई एक्कासी जङ्गली भालुले आक्रमण गर्दा घाँटी, टाउको, मुख र निधारमा चोट लागेको छ । घाईते खड्कालाई उपचारका लागि जिरी अस्पताल ल्याइएको दोलखा प्रहरी निरीक्षक प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको अवस्था वोल्न नसक्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस