सिन्धुपाल्चोक सुकुटेमा बस दुर्घटना ३ वर्षिया बालिका अझै वेपत्ता-मृतकका परिवारलाई गाउँपालिकाले किरीया खर्च उपलब्ध गराउने

रामेछाप – सिन्धुपाल्चोक सुकुटे सुनकोसी नदिमा बस दुर्घटना ३ वर्षिया बालिका अझै वेपत्ता-मृतकका परिवारलाई गाउँपालिकाले किरीया खर्च उपलब्ध गराउने भएको छ। दोलखाको शैलुङ गाउँपालिकाले आईतबार बस दुर्घटनामा परी मृत्यु भएका परीवारका लागि प्रति व्यक्ति २० हजारका दरले रकम सहयोग गर्ने भएको छ ।उक्त दुर्घटनामा ज्यान गुमाएका शैलुङ गाउँपालिकाका १४ जना सहित कुल १८ जना दुर्घटनामा परि बेपत्ता एक जना गरी कुल १९ जनालाई गाउँपालिकाले तत्काल काजकिरीयाका लागि सहयोग स्वरुप रकम उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।३ वर्षिया बालिका अझै वेपत्ता सुकुटे बस दुर्घटनामा परि वेपत्ता भएकी ३ वर्षिया बालिकाको अवस्था अझै थाहा हुन सकेको छैन । आमा बुवा दाई सहित बसमा सवार शैलुङ गाउँपालिका वडा नम्बर ४ कि ३ वर्षिया बालिका रियुना लामा तामाङ हाल सम्म वेपत्ता भएकी छिन । तामाङको सिन्धुपाल्चोक प्रहरीले तिव्र रुपमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो । बस दुर्घटनामा बालिकाकी दाई १२ वर्षिया दियुन लामा तामाङको घटनास्थलमै ज्यान गएको थियो । भने मृतक बालकको बुवा ३८ वर्षिया खेमध्वज तामाङ र आमा ३४ वर्षिया बिन्दु माया लामा घाइते हुनुभएको थियो ।
शव आफन्तले बुझे सुकुटे बस दुर्घटनामा परि मृत्यु भएकाको शव आफन्तले आज बुझेका छन् । मृतकका आफन्तले सिन्धुपाल्चोक स्थित प्राथमीक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखीएका १६ जनाको शव बुझेका हुन् । शवको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मृतकका आफन्तले ६ जनाको भोटेकोशी नदिमा र २ जनाको सुनकोशी नदिमा दाहसंस्कार गरेका छन् भने बाँकी ८ जनाको शव आफन्तले काठमाण्डौ लगेका छन् । भने धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपा रहेको २ वटा शव सोहि स्थानबाट आफन्तले बुझेका छन् । दोलखाका मागादेउरालीबाट काठमाडौँ जादै गरेको बस आईतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटे स्थित सुनकोशी नदिमा खस्दा शैलुङ गाउँपालिका वडा नम्बर ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरि कुल १४ जनाको ज्यान गएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ९ की १ जना र अन्य जिल्लाको ३ गरी १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस