दाङ :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल दाङ आएका छन् ।
नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न उनी मंगलबार बेलुकी दाङ आएका हुन् । उनी बुधबार बिहान ८ बजे घोराहीमा पत्रकार सम्मेलनमा हुने छन् ।
त्यस्तै, घोराहीमै दाङ उद्योग वाणिज्य संघले स्वागत गर्ने तयारी गरेकाे छ । त्यस्तै दाहालले घोराहीको शहीद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालयको पनि निरीक्षण गर्ने कार्य तालिका रहेकाे छ ।
त्यसपछि उनी नेकपाका केन्दीय सदस्य भागवत विश्वासीकाे घरमा पुगी विश्वासीकी ममतमयी आमाकाे निधनमा समवेदना प्रकट गर्न सहभागी हनेछन् त्यसपछि तुलसीपुर जाने कार्यक्रम रहेको नेकपा दाङले जनाएको छ ।