फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो

काठमाडौं :-  फेसबूकको नयाँ लोगो सार्वजनिक भएको छ । कम्पनीले यस लोगोलाई विशेष उद्देश्यले डिजाइन गरेको छ ।

नयाँ लोगोमा सबै क्यापिटल लेटर छन् । फेसबूक याप वा फेसबूक वेबको लोगो बदलिएको देखिँदैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीका रूपमा देखाउनका लागि फेसबूकले सार्वजनिक गरेको हो ।

फेसबूकको नयाँ लोगो जीआईएफमा जारी गरिएको छ । फरक फरक रंगमा यसले फेसबूक प्रोडक्टहरू दर्शाएको छ ।

नीलो रंग फेसबूकका लागि, हरियो ह्वाट्सयापका लागि र गुलाफी रंग इन्स्टाग्रामका लागि हो । रिपोर्टका अनुसार, फेसबूकको नयाँ लोगो अबका केही हप्तामा युज गरिने छ ।

प्रतिक्रिया दिनुहोस