सिन्धुलीमा करेन्ट लगार माछा मार्ने क्रममा एक जनाको ज्यान गयो

रामेछाप – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–११ फाल्चे स्थित ग्वाङ्गखोलामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।कमलामाई नगरपालिका–११ भिरगाउँका २५ बर्षिय मंगल सिंह जिम्बाको ज्यान गएको हो । गएराती ग्वाङ्गखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको घटना शाखाले जानकारी दिएको छ । थप विवरण अाउन बाकी

प्रतिक्रिया दिनुहोस