रामेछाप जिल्लामा ट्राफिक प्रहरीकोे सक्रियताकै कारण सवारी दुर्घटनामा कमी

रामेछाप- रामेछाप जिल्लामा ट्राफिक प्रहरीकोे सक्रियताकै कारण सवारी दुर्घटनामा कमी आएको छ ।गत वर्षहरूको तुलनामा जिल्लाभर सवारी दुर्घटना, कारबाही र ट्राफिक नियम उल्लंघनमा समेत कमी आएको ट्राफिक कार्यलयले रामेछापले जनाएको छ यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा जम्मा २ वटा मात्र सवारी दुर्घटना भएको छ । यि दुर्घटनामा परी १ जनाको मृत्यु र ३ जना घाईते भएका थिए ।विगतका वर्षहरुको तथ्याङ्घ हर्दा यस वर्ष जिल्लामा दुर्घटनामा निकै कमी आएको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार रामेछाप सदरमुकाम मन्थलीमा असोज २२ गते एकै दिन ९० वटा रुट पर्मिट विना सन्चालन गरिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई १ लाख ९ हजार राजश्व संकलन गरेको छ । दशैँको बेला अर्थात असोज महिनामा ९ सय २२ वटा सवारी साधन कारबाहिबाट ६ लाख ७८ हजार राजश्व संकलन गरिएको छ ।तिहारको बेला अर्थात कार्तिक महिनाकाे १९ गते सम्मको तथ्याङ्घ अनुसार ५४७ सवारी साधनहरुको कारबाहिबाट ५ लाख ४७ हजार ५ सय राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख होम बहादुर भित्रिकोटिका अनुसार यस वर्ष ट्राफिक प्रहरी रामेछापका जनशक्तिहरु दशैँ तिहार विदा नबसि ड्युटिमा खटिएका थिए ।ट्राफिकको सक्रियता बढेसंगै सबारी चालक, यात्री र पैदलयात्री समेतले ट्राफिक नियमबारे चेतना बृद्धि आएको छ । छिटपुट दुर्घटनामध्ये ठूला दुर्घटनाको संख्या न्यून रहेको ट्राफिक कार्यलयको दाबी रहेको छ ।

[रामेछाप जिल्लामा विना रुट पर्मिटको गाडी प्रवेश निषेध]

ट्राफिक प्रहरी रामेछापले विना रुट पर्मिटको गाडी जिल्लामा आवत जावतमा रोक लगाएको छ । ट्राफिक प्रहरी रामेछापले रुट पर्मिट विना सन्चालनमा रहेका सवारी साधनलाई धमाधम नियन्त्रणमा लिई कारबाहि थालिएको जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी प्रमुख होम बहादुर भित्रिकोटिका अनुसार जिल्लामा पर्मिट विनाको सवारी सन्चालनमा वृद्धि भएसँगै दुर्घटना भईहालेमा समस्या हुने भन्दै यस्ता सवारी साधनलाई आवत जावतमा नै रोक लगाईएको बताउनुभयो । रुट पर्मिट विनाको गाडी जिल्लामा सन्चालन भएको पाईएमा कडाभन्दा कडा कारबाहि गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस