गाविन्द केसीको अनसन दोस्रो दिन पनि जारी, समर्थन गर्दै पुगे कांग्रेस नेता

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन दोस्रो दिन पनि जारी छ।

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्।

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन शुरु गरेका हुन्। चिसोका बाबजुत पनि सातबुँदे माग अघि सार्दै उनको अनशन जारी छ। माग पूरा नभएसम्म अनशन जारी नै राख्ने उनको भनाइ छ।

यसैबीच सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्।

मंगलबार दिउँसो कार्यकर्तासहित अनशनरत केसीलाई भेटेर उनले ऐक्यबद्धता जनाएका हुन्।

उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए। साथै उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिवको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस