रामेछाप जिल्लामा ३ महिनामा २५ सय बढि सवारीसाधन ट्राफिक कारवाहीमा

रामेछाप – रामेछाप जिल्लामा आर्थिक बर्ष २०७६÷०७७ को असोज महिनासम्म ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानीका साधन कारवाहीबाट झण्डै २१ लाख जरिवाना संकलन भएको छ । जिल्लामा चालु आर्थिक बर्षको तीन महिनामा ट्राफिक नियम विपरित संचालन भएका २ हजार ५ सय २२ वटा भएका सवारी तथा ढुवानीका साधनहरु ट्राफिक कारबाहीमा परेका छन् । यी सवारी तथा ढुवानी साधन कारवाहीबाट २० लाख ७५ हजार जरिवाना संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटील जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको असोज महिनासम्मसवारी दुर्घटनामा परि २ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन् । उनले सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको बताए । दैनिक ६ सय भन्दा बढि सवारी आवागमन हुने रामेछाप जिल्लाको कुनैपनि क्षेत्रमा जोखिमपुर्ण यात्रा नगर्न नगाराउन उनले आह्वान समेत गरे । विभिन्न सूचनाको आधारमा ट्राफिक प्रहरीले अहिले जिल्लाको शहरी भेगसहित ग्रामिण भेगामा संचालन हुने सवारी तथा ढुवानीका साधनको चेकजाचमा पनि थप कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस