काठमाडौ:- विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन-एमसिसी र नेपाली राष्ट्रिय क्रिकेट टोलीबीच बुधबारदेखि तीनदिवशीय खेल सुरु हुँदै छ।
आईसिसीले कम्तीमा ३ दिनभन्दा बढीसम्म चल्ने क्रिकेट खेललाई प्रथम श्रेणीको मान्यता दिने गर्दछ। नेपालले १४ वर्षपछि प्रथम श्रेणी क्रिकेट खेल्न लागेको हो।टेस्ट मान्यताप्राप्त देशमा हुने तीन दिवशीय स्वरुपका घरेलु क्रिकेट प्रतियोगिताले प्रथम श्रेणीको मान्यता पाउने गर्दछन्।
यसले टेस्ट क्रिकेटका लागि तयार गर्दछ। अन्य देशको हकमा भने आईसिसीले मान्यता दिनुपर्दछ। नेपालले यसअघि सन् २००५ मा अन्तिमपटक प्रथम श्रेणी क्रिकेट खेलेको थियो।
मैत्रिपुर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको एमसिसीले नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले हराएको थियो भने सिनियर राष्ट्रिय टोलीसँग पाँच विकेटको हार ब्यहोरेको थियो। दुवै एकदिवशीय खेल थिए।