“नेपाली गित संगीतमा भविष्य छ” : गायक शंकर थापा “स्माईल”

शंकर थापा स्माईल पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार हुन् । उनको स्वरमा सजिएको गित होस् या उनले संगीत गरेका गितहरु, अहिले बजार निकै तताइरहेका छन् ।

यसै क्रममा गित संगीतकै कार्यमा रहिरहदाँ उनले थुप्रै अवार्डहरु समेत उचालिसकेका छन् ।
दर्शक स्रोताले उनको गित निकै नै मन पराउने गरेको पाईन्छ ।

फलस्वरुप उनी नेपाली संगीतको बजारबाटै जिविको पार्जन गर्दै आएका छन् । नेपाली गित संगीतमा भविष्य छैन भनिरहदाँ उनी भन्छन् , आफु सँग क्षमता भएमा जुन सुकै क्षेत्रमा सहजै बाच्न सकिन्छ ।

पछिल्लो समयमा बिभिन्न चलचित्रको कामहरुमा पनि आफू व्यस्त रहेको बताएका छन् । उनले बजारमा थुप्रै गितहरु अाउन बाकीँ रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस