स्वर्गिय उत्तरकुमारका अधुरा काम विमलाले पुरा गर्ने

अर्जुन परियार/दाङ :-  मंसिर १४ गते हुन लागेको उपनिर्बाचनमा नेपाल कम्यूनिष्ट पार्टि नेकपाको तर्फबाट दाङ क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यको उम्मेद्धारको टिकट पाउनु भएकी बिमला वलीले पार्टि तथा शुभचिन्तकमा धन्यबाद ब्यक्त गर्नु भएको छ । वलीले धन्यबाद दिदै स्वर्गिय उत्तरकुमार वलीको सपना पुरा गर्ने जिम्मा सहित पार्टिले आफुलाई टिकट दिएको बताउदै जनताको मायाँ पाउने आशा ब्यक्त गर्नु भयो ।

स्वर्गिय उत्तरकुमार वलीले पुरा गर्न नसकेका कामहरुको जिम्मेवारी आफु माथि आएकाले आगामी मंसिर १४ गते हुने उपनिर्बाचनमा मतदाताले आफुलाई निर्बाचन जिताई अधुरा काम पुरा गर्ने जिम्मेबारी सुम्पिने बिस्वास ब्यक्त गर्नु भयो ।

वलीले पार्टीले आफुलाई बिस्वास गरेर उम्मेद्धार बनाएको भन्दै पार्टि र जनताको बिस्वास गुम्न नदिने पनि बताउनु भयो । पर्टिले आफुलाई उम्मेद्धार बनायर स्वर्गिय श्रीमानका सपना पुरा गर्ने चाहानाको कदर गरेको बताउदै पश्चिमेली जनताले पनि आफुलाई त्यो जिम्मेबारी पुरा गर्ने मौका दिने बताउनु भयो । निर्बाचनमा उम्मेद्धार बन्दै गर्दा यस क्षेत्रका मतदाताको सहयोग भरपुर पाईनेमा आफु आशाबादी रहेको उहाँले बताउनु भयो। स्रोत रेडियो हापुरे

प्रतिक्रिया दिनुहोस