नयाँ पाइला पुन: स्थापनामा भाईटिका

दाङ :-   तुलसीपुर उपमहानगर पालिका वडा नं. १९ हाडिमे विजौरी स्थित सुधार केन्द्रमा रहेका दाजु भाइहरुले भाइ टीका लगाएका छन् ।

नयाँ पाइला पुन: स्थापना केन्द्रको व्यवस्थापनमा भाइ टीकाको व्यवस्थापन गरिएको छ । संस्थाका निर्देशक सुरेश भुसालका अनुसार यस वर्ष भाइ टिकामा सुधार केन्द्रमा रहेका बिरामीहरुको दिदी बहिनीहरुका लागि टीका लगाउने व्यवस्था कार्यालयमै गराइएको थियो । कार्यालयमा व्यवस्था गरे सँगै दिदिवहिनीहरुको घुइचो लागेको निर्देशक भुसालले वताउनु भएको छ ।

यता सुधार केन्द्रको प्रदेश सांसद अमरबहादुर डाँगी सहितको टोलीले अनुगमन गरिएको छ । अनुगमनका क्रममा सांसद डाँगीले युवा शक्ति श्रममा हुनुपर्नेमा सुधार केन्द्रमा रहनु दुखद पक्ष भएको बताउनु भएको थियो ।

साथै सुधार केन्द्रले थालेको यो कदमको प्रशंसा गर्दे डाँगीले भन्नुभयो युवाहरु कि जेलमा कि सुधार गृहमा देख्दा दुख्ख लाग्छ । अब घर परिवारमा असल संस्कारको विकास पयाप्त नहुदाँ अधिकांश युवाहरु लागु पदार्थ दुर्बशनीमा फसेको वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस