फ्रिजमा राख्‍न नहुने १० खाद्यपदार्थ

हामी सबैलाई थाहा छ कि फ्रिजले खानालाई लामो समयसम्म ताजा राख्दछ । खाना ताजा राख्न फ्रिज वरदान सावित भएको छ । विज्ञानको यो चमत्कारबिना हामीले मासु, दुग्धपदार्थलगायतका सामग्रीहरु राख्न सकिँदैन ।

तर केही यस्ता वस्तुहरु छन् जुन फ्रिजमा राख्दा ताजापन हट्ने सम्भावना बढी हुन्छ । यति मात्र होइन खास स्वाद पनि पाउन मुस्किल हुन्छ । यहाँ केही ती खाद्यवस्तुहरुको बारेमा बताइएको छ ।

१. आलु : विशेष गरी आलु चिसो अनि अँध्यारो ठाउँमा राखिन्छ । तर फ्रिजमा धेरै चिसो हुन्छ । फ्रिजको चिसोले आलुमा भएको स्टार्च चिनीमा बदलिन्छ अनि स्वाद पनि रहँदैन । त्यसैले आलुलाई फ्रिजमा राख्नुहुँदैन ।

२. प्याज : स्टोर रुममाभन्दा फ्रिजमा प्याज चाँडै खराब हुन्छ । फ्रिजमा राख्दा चाँडोभन्दा चाँडो ढुसी लाग्दछ । त्यसैले प्याजलाई डाइरेक्ट घामको किरण नदेखिने ठाउँमा राख्नुपर्दछ । सकेसम्म काटेको प्याजलाई भरे या बेलुकालाई भनेर कहिल्यै राख्नुहुँदैन । यसरी काटेको प्याज विषसमान हुन्छ भनी एउटा अध्ययनले बताइसकेको छ ।

३ लसुन : लसुन फ्रिजमा राख्दा यसको खास स्वाद हराउँछ । त्यसैले लसुनलाई चिसो सुख्खा अनि हावा चल्ने ठाउँमा राख्नुपर्दछ । तर खोल्सिएको लसुन भने सकेसम्म चाँडै प्रयोग गर्नुपर्दछ ।

४. तरबुजा : तरबुजा खरबुजा जस्ता फलफूल फ्रिजमा राख्नुहुँदैन । फ्रिजले ती फलफूलमा निहित तत्वलाई घटाउँछ । त्यसैले  यिनीहरुलाई कोठाकै तापक्रममा राख्दा राम्रो हुन्छ ।

५. मह : विश्वकै एकमात्र मह यस्तो चिज हो, जसलाई हामीले जति लामो समयसम्म पनि स्टोररुममा राख्न सक्छौं । यो कहिल्यै बिग्रिदैन । यसलाई फ्रिजमा राख्दा यसको स्वादिलोपन घट्छ ।

६. ब्रेड : ब्रेडलाई पनि मानिसहरुले फ्रिजमा राख्ने गर्दछन् जुन कुरा नितान्त गलत हो । ब्रेडलाई फ्रिजले अझ धेरै सुख्खा बनाउछ । त्यसैले ब्रेडलाई ब्रेड ड्रअरमा राख्नुपर्दछ ।

७. बदाम :  बदामलाई कोठाकै तापक्रममा राख्न सकिन्छ । यसलाई फ्रिजमा राख्दा यसको स्वादमा घटबढ हुन जान्छ ।

८. गोलभेंडा : गोलभेँडालाई पनि फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा राख्दा यसको खास स्वाद हराएर जान्छ ।

९. हटसस : हटससलाई फ्रिजमा राख्दा यसमा भएको खुर्सानीको पिरो हराएर जान्छ । त्यसैले यसलाई घामको किरण पर्ने ठाउँमा राख्नुपर्दछ ।

१०. स्याउ : स्याउलाई केही हप्तासम्म टेबलमै सजाएर राख्न सकिन्छ । तर स्याउलाई फ्रिजमा राख्दा यसको कुर्मुरेपन हराएर जान्छ । यसको प्राकृतिक गुणको लागि फ्रिजमा राख्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस