प्रदेश प्रमुखहरुको नियुक्तको लागि बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सचिवालय बैठकले सिफारिस गरेका नामहरुमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेल्धुरा) छन् ।

नेकपा महासचिव विष्णु पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । उनले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्ती सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।