olux

सिन्धुपाल्चोक सुकुटेमा बस दुर्घटना मृतक सबैको पहिचान खुल्यो घाइते ३७ को उपचार हुँदै शैलुङ गाउँपालिका शोकमा ।

रामेछाप – दोलखाको शैलुङ गाउँपालिकाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बस सुकुटेमा दुर्घटना हूँदा ३ महिने शिशु सहित मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा परि मृत्यु हुने सबै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ३७ जना घाइते भएका छन् ।मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका –५ की वर्ष ५२ की चेतकुमारी बस्नेत,शैलुङश्वरी गापा–४ की वर्ष ६ की सलिना तामाङ, शैलुङ–३ का तिन महिनाको शिशु निशान तामाङ, शैलुङ–३ माइती भएकी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भएकी चमेली श्रेष्ठ, शैलुङ–५ की वर्ष ४७ कि रत्नकुमारी राउत,भिमेश्वरी नगरपालिका –९ की वर्ष २४ की रञ्जिता केसी,त्रिपुरासन्दरी गाउँपालिका–४ की वर्ष ६ की सायरानी श्रेष्ठ, शैलुङ–५ का वर्ष २९ का किरण राउत, शैलुङ–५ की वर्ष २० की कबिता राउत,दोलखा जिल्ला घर भएका वर्ष १४ का रिकेश खडकाको पहिचान भएको छ ।त्यसैगरी शैलुङश्वरी–४ का १४ वर्षीय दियुना लामा, शैलुङ–३ का वर्ष ३२ की निर्माला खडका,रोशी गाउँपालिका–४ काभ्रेकी ५ वर्षीया सजिना तामाङ, शैलुङ–२ की ७० वर्षकी उरमाया मोक्तान, शैलुङ–५ वर्ष ३८ की सानु राउत आले, शैलुङ–३ का वर्ष १३ का निकेश खडका र चितवन जिल्ला पटीहानी की वर्ष ५६ को पुजा बस्नेतको मृत्यु भएको र सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।मृतक सबैको लास प्रथामीक स्वासथ्य केन्द्र बाह्रविसेमा राखीएको छ । त्यस्तै एक जनाको शिर मेमोरीय धुलिखेल र एकको धुलिखेल अस्पतालमा रहेको डिएसपी काफ्लेले जानकारी दिनुभयो । कानुनी प्रक्रिया पुरा गरेर आजनै सब आफन्तको जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अधिंकाश उपचार पछि घर फर्कैका छ्न अब धुलिखेल अस्पतालमा २८,शिल मेमोरीयल बनेपामा २ ग्रान्डीअन्नपुर्ण र ट्रमामा एक÷एक र नर्भीक अस्पतालमा तिन जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसका चालक धनबहादुर मोक्तानको ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

शैलुङ गाउँपालिकाको मात्रै १४ जनाको निधन

जिल्लाको शैलुङगाउँपालिकाको १४ जनाको निधन भएको छ । दोलखाको मागा देउराली बाघखोर हुदै गएको बसमा त्यहाँका यात्रु धेरै को निधन भएको प्रहरीले जानकारी दिएको छ । एकै गाउँपालिकाको १४ को मृत्युपछि शैलुङ गाउँपालिका शोकमा डुबेको छ ।सो गाउँपालिकाको काटाकुटी गाउँका मात्रै दुर्घटनामा नौ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । गाउँपालिकाबाट दुर्घटनामा १४ को मृत्यु भएपछि सोमबार गाउँपालिकाले आज गाउँपालिका भित्र सम्पुर्ण सरकारी, गैर–सरकारी कार्यालय शैक्षिक संस्था, कलकारखना लगाएतमा विदा दिएको छ । हिजो सुकुटेमा भएको बस दुर्घटमा परि मृत्यू भएकाहरुको सम्झनामा शोक प्रकट गर्दै आज एक दिन विदा दिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालद्धरा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।दोलखाको शैलुङ गाउँपालिका बाघदोर देउरालीबाट बिहान ९ बजे काठमाण्डौका लागि छुटेको शैलुङ्गेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरर्गत सिन्धुपाल्चोक जिल्लाको सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । प्रहरीका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ ।

तस्बिर



प्रतिक्रिया दिनुहोस