कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साह पक्राउ

कपिलवस्तु :-   कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साह पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीपुजाको मुर्ति विर्सजनमा विवाद सृजना गर्ने र झडप सम्मको अवस्था निम्त्याएको आरोपमा जमाल साहलाई प्रहरीले शनिबार उनको निवासबाट पक्राउ गरेको हो ।

जमाल शाहलाई पक्राउ गरी नियम अनुसारको कडा कारवाही हुनु पर्ने माग सहित सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

बुधबार भएको उक्त विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने प्रहरीले कर्फ्यू नै लगाउनु परेको थियो । बिहीबार बिहान ११ बजेदेखि लगाइएको कर्फ्यू शनिबारमात्र हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस