नेकपा सचिवालय बैठक आज पनि बस्दै, उम्मेदवारको टुंगो लगाउने

काठमाडौं :-  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बसेर उम्मेदवारको नाम टुंगो लगाउने भएको हो ।

शनिबार बसेको बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालयन खबरलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस