राष्ट्रपतिबाट छठीमाईको पूजा आराधना

काठमाडौं :-   राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठीमाईको पूजा आराधना गरेकी हुन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु¥याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरिन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन् । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाईरहेका छन् ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

प्रतिक्रिया दिनुहोस