प्रहरीका अनुसार मृत्यु हुनेमा बाजुराको बाह्रबीसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् । अन्य घाईतेहरुको शैलेश्वरी अस्पताल र जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार २८ जनाको शैलेश्वरी अस्पताल र चार जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुले शुरुमा उपचारका लागि सैनिक अस्पतालमा लगिएको थियो ।

प्रारम्भिक उपचारपछि घाईतेहरुलाई सैनिक अस्पतालबाट शैलेश्वरी अस्पताल लगिएको थियो । घाईते मध्ये केहीको अवस्था चिन्ताजनक छ ।

बाजुरा जादै गरेको बस डोटीको शिखरनगरपालिका–१ गेरुपानीमा आज बिहान करीव ३ बजेर ४५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करीव २० मिटर तल खसेको थियो । चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

सशस्त्र प्रहरीको ३६ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बाटोको अवस्था राम्रो रहेको भएपनि चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताए ।