दाङ :- दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाईएको ताला खुलेको छ । गत असोज २७ गते दाङमा क्रियाशील विद्यार्थी संगठनहरुले लगाएको ताला आज( शुक्रबार) भएको वार्तापछि खुलाईएको हो ।
विभिन्न माग राख्दै विद्यार्थीहरुले पूर्व माओवादी( केन्द्र) निकट अखिल क्रान्तिकारी, पूर्व एमाले निकट अनेरास्वबियु तथा नेपाली कांग्रेस निकट नेबिसंघ दाङले तालाबन्दी गरेका थिए ।
उक्त तालाबन्दीको विश्वविद्यालयका वार्ता समितिका संयोजक डा. हिमलाल पन्थी, सदस्य सचिब बिनयकुमार पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, अखिल क्रान्तिकारीका केन्द्रीय सचिब बिष्णु चौधरी, नेबिसंघ दाङका कार्यबहाक सभापति टोपबहादुर बुढाथोकी, सदस्यहरु घनश्याम भण्डारी, अरुण लहरे, किरण केसी, बिदुर गौतमसहित बसेको वार्ताले बिभिन्न सहमति गरेपछि ताला खोलिएको हो ।