हिजोका बालकलाकार को-को हिट ?

काठमाडौं :-  पछिलो समय चलचित्र क्षेत्रमा कलाकारहरुको लर्को नै लागेको देखिन्छ । आफु पर्दामा बिके पनि नबिके पनि युवा पुस्तामा फिल्मी क्षेत्र मोह अधिक पाईन्छ ।

कुनै कलाकारको भाग्य बलियो देखिन्छ एउटै फिल्मबाट चर्चा कमाउँछन भने कुनै कलाकार जति मेहनत गरे पनि जहिको त्यही देखिन्छन् त कतिपए पलाएन नै हुन्छन् । तर कुनै कलाकार भने यस्ता छन् सानै उमेरदेखि यो क्षेत्रलाई अपनाएर अहिले सम्म टिकि रहेका मात्र छैन्न कि अझै पनि दर्शकको माझमा त्यतीकै लोकप्रिय छन् । हिजोका बाल कलाकार आजका दर्शको प्रिय छन् । जस मध्य केहि कलाकारको बारेमा चर्चा गरौं ।

अनमोल केसी

अहिलेका सबैभन्दा रुचाइएका र चल्तीका नायक हुन्, अनमोल कसी । नायक भुवन केसीका छोरा अनमोल नायक हुुनु अघिनै फिलम क्षत्रेमा आइसकेका थिए । उनले नायकका रुपमा डेब्यु गरेको चलचित्र ‘होस्टल’ भएपनि त्यसभन्दा अघि नै उनले यो यात्रा थालिसेकका थिए । धेरैलाई थाहा नहुन सक्छ कि अनमोल केसीले ‘साथी म तिम्रो’मा अभिनय कला देखाइसकेका थिए । उनी नायकका रुपमा आएपछि सार्वाधिक चर्चाको शिखरमा छन् । तर, उनी बाबु भुवनले बनाएको फिल्म साथी म तिम्रो’मा देखिँदा खासै चर्चा भने भएको थिएन ।


सो फिल्ममा ‘जब–जब म एक्लो हुन्छु’ बोलको गीतमा गिटार समाएर खुलामञ्चामा गाइरहेका तिनै फुच्चे अनमोल अहिले नेपालको नम्बर वान सुपरस्टार बनेका छन् ।
छानेर मात्रै फिल्म खेल्ने अनमोल अहिले नेपाली फिल्मका सबैभन्दा महंगा नायक हुन् । थोरै फिल्म खेलेर धेरै चर्चा बटुलेका अनमोलको अबको फिल्म यात्रा बाुक भुसवन केसीको जसतै सदाबाहार रहला÷नरहाला त्यो भविष्यले नै देखाउनेछ । तर, उनी अहिलेसम्म फिलम क्षत्रेमा सही ट्रयाकमा छन् भन्नेमा कसैको दुई मत पनि नहोला ।

प्रियंका कार्की

प्रियंका कार्की पनि नेपालकी अहिलेकी सबैभन्दा डिमान्डेड हिरोइन हुन् । अहिले उनकै सिजन चलिरहेको छ । राम्रो फ्यान फलोइङ पाएकी प्रियंका एकाएक फिल्म क्षेत्रमा आएर चर्चा बटुलेकी भने होइनन् । उनी पनि बालकलाकारकाका रुपमा नेपाली चलचित्रमा निकै अघि देखिइसकेकी थिइन् ।

सात वर्षको उमेरमा ‘महादेवी’ चलचित्रमा बाल कलाकारका रुपमा झुल्किएकी प्रियंकाले विभिन्न चरणमा संघर्ष गर्दै आज ‘नम्बर वान’ नायिकाको स्थान पाएकी छिन् । बालकलाकारका रुपमा उनले खासै चर्चा नपाए पनि आज हिरोइनका रुपमा सर्वाधिक चर्चापरिचर्चा बटुल्न सफल भएकी छिन् ।
अमेरिकाबाट वैवाहिक जीवन त्याग गरेर फर्किएकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धले पनि विशेष चर्चामा छिन् । तर, उनको चर्चा सबैभन्दा ब्यस्त नायिकाकै रुपमा बढी छ ।

नम्रता श्रेष्ठ

धेरै युवामाझ लोकप्रिय नायिका हुन् नम्रता श्रेष्ठ । ‘सानो संसार’बाट डेब्यु गरेकी नायिका नम्रता त्यसअघि नै फिल्म क्षत्रेमा उदाइसकेकी थिइन् । उनले ‘संगिनी’मा बालकलाकारका रुपमा अभिनय गरेकी थिइन् । बाल्य अवस्थामा उनको अभिनय नोट नभएपनि उनले हिरोइनका रुपमा भने छोटै समयमा चर्चा बटुलिन् ।


नम्रतालाई निर्देशक आलोक नेम्वाङले उनलाई हिरोइनका रुपमा ब्रेक दिए । थोरै फिल्म खेलेर पनि उनले थुप्रै फ्यान, फलोअर्स बटुलेकी छिन् । पछिल्लो समयमा धेरै फिल्म हात नपारे पनि नम्रतालाई पछ्याउने दर्शकको कमी भने छैन ।
बालकलाकारकै रुपमा फिल्मी यात्रा सुरु गरेकी नम्रताको अबको बाटो उनकै अभिनय क्षमताले देखाउनेछ ।

सलोन बस्नेत

सलोन बस्नेत बालकलाकारका रुपमा नै बढी चर्चा पाएका कलाकार हुन् । निर्माता तथा निर्देशक शोभित वस्नेतका सुपुत्र सलोनले थुप्रै फिल्ममा बालकलाकारका रुपमा काम गरे । कुनै समय फिल्ममा बालबालिकाका भूमिकामा सलोन नै बढी छाउँथे । उनी आर्मी, नेपाली बाबु, आफन्त, ढुकढुकी, हामी तीनभाई, आफ्नो पन लगायतका फिल्ममा बालकलाकारका रुपमा अभिनय गरेका थिए ।


अहिले भने उनको परिचय फेरिएको छ । उनी फिल्ममा मुख्य भूमिाकाहरुमा नायककै रुपमा देखिन्छन् । उनको अभिनयकलाले बाल उमेरमा जस्तै अहिले पनि प्रसंशा पाइरहेको छ । ‘होस्टल’मार्फत मुख्य भूमिकामा उदाएका सलोन अहिले पनि फिल्म उद्योगका व्यवस्ता नायकको सूचीमा पर्छन् । नयाँ धारका फिल्ममा उनलाई लिन निर्देशकहरु इच्छुक हुन्छन् । उनले होस्टलपछि गाजलु, ए मेरो हजुर–२, बाबुकान्छा लगायतका चलचित्रमा मुख्य भूमिका निभाएका छन् । हिजो बालकलाकारका रुपमा नाम कमाइसकेका सलोनलाई अब सफल नायकको परिचय बनाउन मिहिनेत गर्नुपर्नेछ ।

नीता ढुंगाना

नीता ढुंगानाले पनि बालकलाकारकै रुपमा फिल्म क्षत्रेमा पाइला टेकेकी हुन् । उनले अशोक शर्माको फिल्म मितिनीबाट आफूलाई अभिनय यात्रामा डोहो¥याएकी थिइन् । ‘मितिनी’मा उनी रेखा थापाको बाल्यकालको प्रतिनिधित्व गरेकी थिइन् । अहिले रेखा थापाको विकल्प र प्रतिस्पर्धीका रुपमा नै उनी फिल्म उद्योगमा खडा भएकी छिन् ।


फिल्म ‘किसान’ बाट फिल्ममा मुख्य भूमिका देखिएकी नीता अहिले विशेष अभिनयकला भएकी नायिकाको सूचीमा अग्रस्थानमै पर्छिन् । दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी नीता सानो पर्दामा पनि कुनै समय हिट थिइन् ।
अभिनयमै लागेर अध्ययनलाई चाँडै बिट मारेकी नीतालाई अहिले पनि विश्वास गरेर फिल्म दिने निर्देशकको कमी छैन । नाच्नमा अब्बल नीता अहिले नेपाली फिल्म उद्योगको अग्रपंक्तिमा रहेका नायिकामध्ये एक हुन् ।

संयम पुरी

नायक संयम पुरी पनि बालकलाकारकै रुपमा फल्म क्षेत्रमा पर्दापण गरेका हुन् । निर्देशक नारायण पुरीमा सुपुत्र संयम अहिले युवा पुस्ताले रुचाएका नायममध्ये एक हुन् । फरक अभिनय क्षमताका कारण उनको चर्चा छ ।
संयम अहिले मात्रै हैन, बाल कलाकारको रुपमा गर्दा पनि हिट नै थिए । आफ्नो मान्छे, दोमन, कर्तब्य, आफ्नो घर आफ्नै मान्छे, लगायत दर्जनांै फिल्ममा उनी बालकलाकारका रुपमा काम गरेका थिए । ‘सायद’ बाट लिड रोलमा आएका संयमले आभास, पुन्टेपरेड, लबसब लगायतका चलचित्रमा नायकका रुपमा अभिनय गरिसकेका छन् । केही समययता नयाा फिल्ममा नदेखिएपनि उनलाई पछ्याउने दर्शकको भने कमी छैन ।


मुख्य भूमिका पाउनुअघि बालकलाकारमा रुपमा पहिल्यै पर्दाका देखिएका कलाकार यति मात्रै भने होइनन् । अरु पनि धेरै कलाकारहरु छन्, जो बाल उमेरमै फिलम क्षेत्रमा आएका थिए । आज पनि उनीहरु यही क्षेत्रमा करिअर बनाउन संघर्ष गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस