हाम्रो पनि भन्नू छ

काठमाडौं :-  हामीले हाम्रो पनि भन्नू छ मा नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलको ज्यादती नरोकिनुको कारण के होला ? यस्तो प्रश्न राखेका थियौँ र उक्त प्रश्नमा अाएका केहि कमेन्टहरु यस्ता छन्

रेशम भण्डारीको प्रतिक्रिया :- नेपाली नेताकार्यकर्ता मन्त्रीहरूलाई नेपाल देश को माया नै छैन!पर्थम त ऊनीहरु त आफू र आफन्ती सर्कारी सुबिधा लिन मा मस्त छन!नेपाल को माया त राजा ले गरेका थे इतिहासमा प्र स्ठ छ! नेपाली सेना को जिम्मेवारी पनि हो देश बचाउन !!# हामी जस्तो मलेशिया को खाना खाने कतार को कपड़ा लगाउने नेपाल आए पछि महङ्गगि ले एक महिना बस्न न सक्ने मान्छे म जस्ताले देश को चिन्ता गरेर आफ्नो चिन्ता कस्ले गर्ने!    र अार्को कुरा मुलभुत त हाम्रो देशको राजनीतिनै लम्पसारवादी भएको कारणले गर्दा सिमा क्षेत्रमा भारतीय सुरक्षा बलको ज्यादती न रोकिनुको मुल कारण हो।सडकमा हुदा ठुलाठुला राष्ट्रवादी कुरागर्छ्न जब सत्ताको बागडोर समाल्न पुन्दछ्न तब सबै बिर्सिएर प्रभुको आगे लम्पसार पर्दछ्न अनि न छिमेकीले नेपाली हेप्दछ्न।

सुरेन्द्र डाँगीको प्रतिक्रिया :- खुला सीमाना,असमान सन्धी,दुवै देशमा विना रोकटोक आवत जावत तथा नेपाल सरकारबाट सो वारेमा स्पस्ट अडान नराखी सक्नु

रोजीना सुब्बाको प्रतिक्रिया :- बलियाले निर्धालाइ र धनिले गरिबलाई हेप्ने संसारको नियति नै हो । विभिन्न राजनीतिक चलखेलमा नेपालका नेताहरु निर्लज्ज भएर भारतीय सहयोगको अपेक्षा गर्छन । आफै कुटनैतिक मर्‍यादामा रहन नसकेपछी सुरक्षाबलको मात्र होइन अन्य ज्यादती पनि नेपालीले भोग्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस