कपिलवस्तुमा कर्फ्यु अझै जारी

कपिलवस्तु :-  कपिलवस्तुको सीमानाका कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडपमा एकजनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु अझै जारी छ ।

झडपमा भारतीय नागरिक सुरज पाण्डको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

‘पोस्टमार्टम’पछि सुरजको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तको अझै स्पस्ट माग नआएको बताइएको छ ।

स्थानीय प्रशासनले मृतकका आफन्तसित सहमति गर्न नसके केन्द्रीय प्रशासनलाई सिफारिस गर्ने बताइएको छ ।

यसैबीच, बिहीबार राति १ बजेतिर प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर–५ प्रहरी प्रमुख, एसपी, डीएसपीलगायतको उपस्थितिमा लक्ष्मीपूजाको मूर्ति विसर्जन गराइएको छ ।

प्रतिक्रिया दिनुहोस