राजधानीमा श्रृङखलाबद्ध बम विस्फोट:मृतकको संख्या ४पुग्यो।

काठमाडौँ- आइतबार राजधानीमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। दिउँसो लगभग एकै समयमा भएको सुकेधारा विस्फोटमा परी ३ जना र  घट्टेकुलो विस्फोटमा परी १ जनाको मृत्यु भएको हो।

सुकेधारा घटनास्थलमा नै एक जनाको मृत्यु भएको थियो। उपचारका लागि अस्पताल आएका पाँच जनामध्ये २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। अन्य ३ जनाको भने आइसियू कक्षमा उपचार भइरहेको बताइएको छ। उनीहरुको पनि अवस्था गभ्मीर रहेको अस्पताल स्रोतले उल्लेख गरेको छ।

उता घट्टेकुलोमा भएको विस्फोटमा परी अर्का एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्।

घाइते तथा मृतकको पहिचान खुल्न सकेको छैन।

आइतबार साँझ उपत्यकाका अन्य ५ स्थानमा पनि बम भेटिएको छ। ४ ठाउँमा भने नेपाली सेनाले डिस्पोज गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस