हाम्रो पनि भन्नू छ

काठमाडौं :-  हामीले हाम्रो पनि भन्नू छ मा दुर्घटनाको जोखिम बढेपनि विभिन्न निकायले छाडा चौपाया नियन्त्रणको पहल किन नगरेको होला? यस्तो प्रश्न राखेका थियौँ र उक्त प्रश्नमा अाएका केहि कमेन्टहरु यस्ता छन्

रेशम भण्डारीको प्रतिक्रिया :-छाडा चौपाए गाई बस्तु लाई सबैले आ आफ्नो घरमा पाल्नु पर्यो पशु-गाई गोरु हरु लाई माया गर्न सिकौ सबैले एहिनै समस्या को समाधान हो!कि छाडा चौपाए लाई एउटा निश्चित थाउ बनाओस सरकारले

जिबन बस्नेतको प्रतिक्रिया :- विभिन्न निकाएले गरेन भन्दा पनि दूध दिउन्जेल र लक्ष्मी पुजाको दिन मात्र गौमाता मान्ने अनि दूध दिन छादेपछी लातै लातले हान्दै र लाथी चार्ज गर्दै सडकमा लखेत्ने पापिहरुलाई सोधने कि ?

सुरेन्द्र सुब्बाको प्रतिक्रिया :- छाडा चौपाया मात्र हैन,यहाँ ट्राफिक नियमको पालना पनि हुँदैन र आउने र जाने एउटै सडक भए पछि दुर्घटना हुनु सामान्य हो ।चौपाया बुढो र बुढी भए पछि छाडा छोड्ने चलन हाम्रो देशाँ छ ।सडक छेउ छाउ भएको बस्तीका मानिसले बाटो छेउमा वस्तु चराउने गर्नाले पनि यस्तो भएको हो चरन को समस्याले गर्दा

सुभाष शर्माको प्रतिक्रिया :- सरकार ले गाई लाई बाहिरी मुलुक मा बिक्री वितरण रोक लगाउनी र गाई बाट जन्मिएको बाछा बहर हरु लाई बाहिरी मुलुक मा बिक्री गर्न पाउने कानुन हुनु पर्छ तेस पछि छाडा चौपाया आफै नियन्त्रण हुन्छ

अनिल रेग्मीको प्रतिक्रिया :- नेपालमा घरमा आगो लागिसकेपछी मात्र कुवा खन्ने चलन छ।
छाडा चौपायाका कारण धेरैको ज्यान गइसकेको छ।
तर कुनै निकायले ध्यान दिएका छैनन।
तर जुनदिन “ठुला मान्छे” यसको सिकार बन्छ्न
त्यसको भोलिपल्ट नै छाडा चौपाया नियन्त्रण गरिन्छ।
नेपालको चलन नै यस्तै छ।ठुलालाइ चैन सानालाइ ऐन

राजु डाँगीको प्रतिक्रिया :- सहरी क्षेत्रमा गाईभैसी गोरुहरुको चासो हुदैन, व्यस्त जीवन हुने भएकाले पनि मानिसहरु गाईगोरुमा चासो दिदैनन् तर सरकारले कुनै व्यवस्था मिलाएर संरक्षण गर्नुपर्नेहो

विमल मगरको प्रतिक्रिया :- स्थानीय सरकारसँग कानुन बनाउने र नियमन गर्ने अधिकार छ । चौपाया संबन्धी कडा कानुन बनाएर आफ्ना वस्तुभाउ छाडा छोड्ने ब्यक्तिलाइ कानुनको दायरामा ल्याउन सके नियन्त्रण संभव छ ।

गोविन्द केसीको प्रतिक्रिया :- छाडा चौपाया हुनु का पछाडी अरू कारणहरू मध्य एउटा कसैले खासै वास्ता नगरेको तर त्यो वास्ता नगरेको कुराको फाइदा मजाले उठाइराखेको एउटा समूह छ।

प्रतिक्रिया दिनुहोस