कसरी कलीयुगको सुरु भयो र कसले बिरुपाक्षको मुर्तिलाई पशुपतिनाथमा स्थापित गरे यो खोजिको विषय हो । भनिन्छ बिरुपाक्षको एकदमै गरीब परिवारमा जन्म भएको थियो । उनको जन्म पश्चात उनका पिता कमाउनका लागि प्रदेश हिँडे । त्यसपछिका दिनहरुमा उनका आमाले एकदमै दुख गरेर पालिन । जव बिरुपाक्ष विस्तारै बढ्दै गए र घरपरिवारका बारेमा बुझेने भए । उनले आमासँग पिताको खोजीमा जाने कुरा बताए । धेरै वर्ष आफूले दुख गरेर बढाएको छोराले पनि श्रीमान झै छोडेर जाने भन्ने कुरा सोचेर आमाले रुदैँ भनिन् छोरा दुख सुख मागेर खाउँला त पनि नभए म कसरी बाँचु ।तर जिद्दी बालक बिरुपाक्षले भने बाँचेको भए साथै लिएर आउँछु मरेको भए दाह संस्कार गरेर फर्कन्छु तर पिताको बारेमा पत्ता नलागेसम्म फर्कन्न भन्दै आमालाई रुहाउँदै पिताको खोजीमा हिड्छन् ।
भनिन्छ, यसरी पिता खोज्न निस्कदा बिरुपाक्षको उमेर सात वर्षको मात्र थियो । धेरै वर्ष वितिसक्दा पनि बिरुपाक्षले आफ्नो पिताको बारेमा केही थाहा पाउँदैनन् । उनी सोच्छन् मरेकै भए पनि पिताको दाहसंस्कार गर्नेपर्छ र आमालाई पनि यही बचन दिएकी छु । यसरी खोज्दै जाने क्रममा बालक बिरुपाक्ष तरुनो भइसक्छन् । उनी १७ वर्षको जवान भइसक्दा पनि पिताको बारेमा केही पत्तो लगाउन सक्दैनन् ।
एक रात जंगलको बाटो हिडिरहँदा उनी एउटा ओडारमा बास बस्न पुग्छन् । त्यो ओडारमा एक जना अधवैशे महिला पनि हुन्छिन् । रात छिपिप्दै जाँदा उनीहरुवीच यौन सम्पर्क हुन्छ । उनकी आमा पनि लामो समयसम्म छोरा र श्रीमन नआएछि उनीहरुको खोजीमा निस्केकी हुन्छिन् । संयोगवश त्यो रात उनीहरुको ओडारमा भेट हुन्छ । अध्यारोमा एक अर्कावीच चिनजान नभएपछि यौवनले उन्मात बिरुपाक्ष र यौवन नओइलाएकी अधवैशे आमावीच सम्भोग हुन पुग्छ । अध्यारोमा एकले अर्कौलाई चिन्दैनन् । एउटै ओडारमा फरक फरक प्रायोजनका लागि एक रातका लागि बास बसेका हुन्छन् ।
भोलिपल्ट छुट्टिने बेलामा कोसँग रात विताएको रहेछु भनेर बुझ्न खोज्दा उनले थाहा पाउँछन् कि बिरुपाक्षले त आमासँग यौन सम्पर्क गरेका रहेछन् । यो थाहा पाएपछि आफूले आफैलाई धिर्काछन् । आफूलाई सम्झाउन जसो गरी पनि नसकेपछि आफ्नो गल्ती प्रायश्चित गर्नका लागि पशुपतिनाथसँग उपाय माग्न पशुपति आइपुग्छन् । उनले पशुपतिनाथसँग पापबाट मुक्त गराइदिन अनुरोध गर्दछन् ।
तर भाँङ खाएर लठ्ठिएका शिव तथा पशुपतिनाथले उनलाई १२ धार्नी तामा तताएर पिएपछी सबै पाप नाश हुने बताउँछन् ।
यसरी, बिरुपाक्ष आफ्नो पापबाट मुक्त हुने विश्वासका साथ उनी १२ धार्नी तामा तताउन थाल्छन् । ठोस तामा तताएर पिउन तयार हुँदै गर्दा तामा तात्यो कि तातेन भनेर उनले तामा तताउन राखेको भाँडाको ढकन खोलेर हेर्न खोज्दा तामाको रापले उनको अनुहार सबै डड्छ ।
भनिन्छ, यसरी अनुहार डडेकै कारण उनको नाम कुरुप अर्थात बिरुपाक्ष रहन गएको हो । गाँजा र भाङले मातेका पशुपतिनाले आफूले गरेको अनजान गल्तीको बदलामा आफूलाई मार्न खोजेको भन्दै पशुपतिनाथलाई गाली गर्न थाल्छन् । शिवको मुर्तीमा लात हान्दै गाली गर्दै नदी किनारमा बस्छन् ।
त्यसैगरी, एक दिन उनी शिवजीको निन्दा गर्दै हिड्दा भगवान बुद्धलाई देख्छन् र आफूले गरेको गल्तीको प्रायश्चित गर्दै पापबाट मुक्त हुने उपाय बताउनका लागि विन्ती गर्दछन् । बुद्धले आफूले लगाएको बोधीचित्तको माला फुकालेर दिर्दै भन्छन् उनलाई यो माला तबसम्म गन्नु जबसम्म खुइलिदैन ।
त्यसपछि उनी माला लिएर अहिलेको कलिको मूर्ती जहाँ छ त्यही बसेर माला गन्न थाल्छन् । महिना दिनसम्म वितिसक्दा पनि माला नखुइलिएको देखेर उनलाई बुद्धसँग पनि रिस उठ्छ र माला फालिदिन्छन् । त्यसैबखत उनले त्यहाँ एउटा फाटेको कपडा लगाएको बालकले ढुङगामा फलाम घोटिरहेको देख्छन् । उनलाई त्यो दृश्य बडो अचम्म लाग्छ र बालकलाई सोध्छन् किन यसरी फलाम घोटिरहेका छौ । मेरो कपडा च्यातिएको छ म फलामको पाता घोटेर सियो बनाउँछु र कपडा सिलाउँछु बालकले भन्यो ।
भनिन्छ त्यो बालक बुद्धको अर्को रुप थियो । कलिको मूर्तीको अगाडि घाटको दाहिने पट्टी अहिले पनि बुद्धको छापको पाइला देख्न सकिन्छ । बालकको त्यो धैर्यता र आँटदेखी कायल भएका बिरुपाक्ष पुन उही स्थान गएर माला गन्न थाल्छन् । एक दिन त्यो माला खइलिने विश्वास लिन्छन् । तर उनले महादेवको निन्दा गरेको र लामो समयसम्म पशुपति परिसरमा बसेकै कारण माला गन्दै गरेका बिरुपाक्षलाई पशुपतिनाथका भक्तहरुले जमिनमुनि गाडिदिन्छन् ।
भनिन्छ, यसरी बिरुपाक्षले आमासँग सम्भोग गरेपछि कलियुगको सुरुवात भएको हो र त्यसरी नै बिरुपाक्षलाई कलिको नामले चिनिन थालिएको हो । उनको गाडिएको मूर्ती ब्रह्माको समय अनुसार जब पृथ्वीबाट जब बाहिर निस्कन्छ तब बिरुपाक्षले पशुतिनाथमा बसेर आफ्नो गल्तीको प्रायश्चित गर्दा गर्दै आफूलाई मान्छेहरुले जमिनमुनी गाढेको रिसका कारण बदलामा उनले पृथ्वीबासीसँग बदला लिनेछन् । त्यसैबेला शिवजी आएर उनको अन्त्य गर्नेछन् । र, कलीयुगको समाप्त भई पुनः सत्य यसगको सुरुवात हुनेछ भन्ने धर्म ग्रन्थमा उल्लेख छ ।
धार्मिक ग्रन्थको सहयोगमा
साभार ;www.reportersnepal.com