देखिने ‘बादल’ र बुझिने ‘बादल’

सागर थापा —- अहिले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को निर्माण प्रक्रिया अन्तिम टुंगोमा पुग्दाखेर दुई नेतृत्व बाहेक तेस्रो ‘शक्तिकेन्द्र’ अर्थात् ‘उत्ताराधिकारी’ कसको हातमा जान्छ ? भन्ने विषय नजानिदो ढंगले पार्टी प्रवेश गरेको छ । जनवर्गीय संगठनको अन्तिम टुंगोपछि पूर्व एमाले, माओवादी को कसको भागमा प¥यो भन्ने समेत बाहिरी सतहमा पोखिएको छ ।

पार्टी एउटा तर, बाँडफाँड प्रष्टै देखिने ढंगले जिल्ला, जनवर्गीय संगठनका काम टुंगिएको छ । यद्यपि, पोलिटव्यूरो गठन बारे अझै नेतृत्व पंक्ति टुंगोमा पुग्न सकेको छैन । कारण पार्टीभित्र देखिएको असन्तुष्टी बढि देखिएकाले । बरु एकथरी पार्टी पंक्ति भित्रैबाट नयाँ शिराको गुट निर्माण भयो भन्ने प्रचारमा लागिरहेका छन् । जसको निशानामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ परेका छन् ।

बादलले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी ओली पक्षमा गएको भन्ने एकसरो हल्ला बजारमा चलेको छ । बादललाई यतिबेला बालुवाटारले टेस्ट गरिरहेको छ भने खुमालटारले पुराना कुराहरुलाई लिएर बादलमाथि दोषारोपण गरिरहेको छ । गम्भिर स्वभावका बादल माओवादी युद्धकालदेखि कार्यकर्ता मिलाएर लाने बीच धारको नेतृत्व गरेर छबि निर्माण गरेका नेतृत्व हुन् । माओवादी पार्टी निर्माणमा देखिएको उतारचढाबमा बादल सिंगो ऐतिहासिक पात्र हुन ।

सरकारको नेतृत्व केपी ओलीले गरेको र महत्वपूर्ण मन्त्रालय बादलले सम्हालेकाले व्यवहारिक रुपमा नेतृत्वप्रति नजिक हुनु स्वभाविक हो । तथापी, माओवादी तर्फबाट नेतृत्व गरेकाले अर्का अध्यक्ष प्रचण्डसँग नजिक हुनुपर्छ भन्ने एकथरी पूर्व माओवादी नेताहरुको आशय देखिन्छ । बाहिरी यी अड्कलबाजी देखिनु कुनै आश्चर्य होइन । यि बजारिया हल्लाबाट स्वयं प्रचण्ड पनि त्रसित छन् । पटक–पटक आफू विरुद्ध उत्रेका बादलको स्वभाव प्रचण्डले जति धेरै कसैले बुझ्न सक्दैनन् । सतहमा देखिएका बुझाई जस्तो सहज ओली–प्रचण्ड–बादललाई छैन । बरु पूर्व प्रधानमन्त्री माधव नेपाल समूहले प्रचण्डलाई पटक–पटक प्रयोग गर्न खोज्नु र आफ्नै पार्टी नेतृत्व सरकारप्रति प्रतिपक्षी भन्दा चर्को स्वरमा सार्वजनिकरुपमै विरोध गर्नुले सरकारको साख जोगाउने सवालमा ओली–बादल एक ठाउँमा हुनु स्वभाविक देखिन्छ ।

यि विषयहरु भनिरहँदा अहिले त्यस्तो स्थायी गुट बनेर मतदान हुने र हात उठाई हाल्नु पर्ने अवस्था पार्टीमा आएको छैन । सैद्धान्तिक लगायत कुनै पनि बिषयमा ओली–प्रचण्डको मत विभाजन भए बादल कता जान्छन ? भन्ने प्रश्न स्वभाविक हो । तर, अहिले अवस्था त्यहाँ पुगेको छैन । पार्टी निर्माण ओली र प्रचण्डबीचकै सहमतिमा भएकाले अन्य सहायक हुन् । तर, संगठनको संरचना निर्माण भइरहँदा बादललाई समर्थन गर्ने पंक्तिबाट बढि नेतृत्वमा पुगेको विषयलाई गणितीय हिसाबबाट गुटको लेखाजोखा गर्ने काम भइरहेको छ । अहिले पार्टीको शक्तिशाली मानिने पद संगठन विभाग प्रमुख हुने भएकाले एकाएक बादलप्रति आक्रमण शुरु जानकारहरुको ठम्याई छ ।

पार्टी निर्माणको सम्पूर्ण तजबिजीमा रहेर बसेका, संगठनात्मक अनूभव, सबै वर्ग, जाति, समुदाय, लिङ्गको भावना बढि बुझ्ने भएकाले बादलप्रति आशा बढि जाग्नु स्भाविक देखिन्छ । बादलप्रति पछिल्लो पटक भएका टिकाटिप्पणीबाट पार्टीभित्र बादलको जर्वजस्त प्रभाव छ भन्ने पुष्टि अवश्य गर्दछ । उनको स्वच्छ छवि, संगठनात्मक अनुभव र नेतृत्वको हिसाबले पार्टीमा उनी जो नजिक हुन्छन उसैको गुट बलियो हुने परिस्थिति अहिले देखिन्छ । प्रष्टै छ, यो तितो यथार्थलाई वर्तमान पार्टी पंक्तिभित्र केहीलाई असैह्य भने भएकै छ ।

को हुन ‘बादल’ ?

माओवादीको दश वर्षे सशस्त्र संघर्षमा एउटा नाम बारम्बार मिडियामा बढो जोडतोडका साथ आइरह्यो । त्यो नाम थियो सैन्य क्षमता भएको व्यक्ति भनेर ‘बादल’ । लाहुरे परिवारमा जन्मे हुर्केका, मगर समुदायका रामबहादुर थापा ‘बादल’ मगर र लाहुरे संस्कारमा हुर्केकै कारण उनलाई सैन्य विज्ञको उपमा दिइयो । संयोग गणतन्त्र नेपालको पहिलो रक्षा मन्त्री र संघीय गणतन्त्र नेपालको पहिलो गृहमन्त्री उनै ‘बादल’ बने । पार्टी भित्र र बाहिर अहिले पटक–पटक बादल नियोजित ‘आक्रमण’मा परेका छन् । मन्त्री फेरबदलको कुरा आउनासाथ चार पटक बादलको नाम अगाडि लिएर प्रचारबाजी गरियो । सार्वजनिक यातायातको सिण्डिकेट, निर्मला हत्याकाण्ड, नागरिकता वितरण सबैको दोष बादलले खेप्नु परेको छ । हुँदा–हुँदा पछिल्लो पटक संगठन निर्माणका क्रममा बादलका मान्छे धेरै परे भन्नेहरु अहिले गृहमन्त्री बादललाई ओली पक्षधर भनेर अर्को नियोजित आक्रमणमा गरिरहेका छन् ।
गम्भिर स्वभावका शालिन राजनीतिज्ञ बादल । तर, किन यसरी पटक–पटक घेराबन्दीमा पर्छन ? उनको एउटा चर्चित भाषणको सन्दर्भ म यहाँ जोड्न चाहन्छु ।

२०६० साल जेठ २८ गते शान्ति वार्ता प्रक्रियामा पहिलो पटक खुलामञ्चमा भाषण गर्दै बादलले भनेका थिए– ‘प्रतिक्रियावादीहरूले बारम्बार भिडन्तमा म¥यो भनेर हल्ला गरे । मेरो टाउकोको मूल्य तोकियो । अहिले यहीँ आएको छु । म हुँ बादल ।’

गुल्मीको वडा गाउँमा २०१२ साल वैशाख १९ गते जन्मेका थिए बादल । बुवाको जागिरसँगै प्रारम्भिक शिक्षा भारतमा लिए । बुवाको अवकाससँगै चितवनमा बसाई स¥यो उनको परिवार । बसाई सराईसँगै स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण बादलले रामपुर क्याम्पस भरतपुरमा अध्ययन गरेका थिए । २०३१ सालतिर अध्यक्ष प्रचण्डसँग भरतपुर क्याम्पसमा पहिलो भेट भयो । त्यही भेटबाट प्रचण्ड, मित्रराज दवाडी र खेम भण्डारी मिलेर पहिलो पटक नारायणी किनारमा माक्र्सवादी मण्डली बनाएर माक्र्सवादको अध्ययन थाले उनले । जुन अध्ययनले उनीहरूलाई चिनियाँ साँस्कृतिक क्रान्तिको पक्षधर बनायो ।

सोभियतसँग बादलको साइनो

बादलले रामपुर क्याम्पसबाट आईएस्सी(एजी) सके । डिग्री कोर्षका लागि तात्कालिन सोभियत संघमा स्कलरसी पाए । मस्कोको लुमुम्बा विश्वविद्यालयमा बालीविज्ञान (एग्रोनोमी) पढे । सोभियत उनताका माक्र्सवाद र लेनिनवादको उर्वरा भूमी बनेर शक्तिशाली थियो । बादलले त्यहाँ माक्र्सवादी अध्ययनलाई तिब्रता नदिने कुरै भएन । उनलाई नजिकबाट बुझ्नेहरू भन्छन– ‘सोभियत विकासको उत्कर्षमा पुग

प्रतिक्रिया दिनुहोस